२०८३, १९ आश्विन मंगलबार

काभ्रेको कुत्ताल सामुदायिक होम स्टेमा विदेशी पर्यटकको घुईचो

काभ्रेको कुत्ताल सामुदायिक होम स्टेमा विदेशी पर्यटकको घुईचो


काभ्रे, ३२ साउन: धुलिखेल नगरपालिकाको वडा नम्बर ३ कुत्तालमा रहेको सामुदायिक होमस्टेमा विदेशी पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । होटलहरुको हवका रुपमा रहेको धुलिखेलमा होमस्टेमा बस्ने पर्यटकहरुको संख्या पनि बढ्दै गएको हो ।

पर्यटकीय नगर धुलिखेलको कुत्ताल गाउँमा गत वर्षदेखि सञ्चालनमा आएको होम स्टेमा जापान, स्पेन, युके, अमेरिका, अस्ट्रेलिया लगायत देशभित्रका आन्तरिक पर्यटकहरु आएको होमस्टे सञ्चालक समितिका अध्यक्ष सजय तामाङले जानकारी दिए ।

तामाङका अनुसार कुत्तालका ६ वटा घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । अहिले १२ वटा बेड पर्यटकहरुका लागि छुट्याइएको अध्यक्ष तामाङले बताए । ‘अहिले ६ वटा घरबाट हामीले होमस्टे सुरु गरेका हौँ, उने भने ‘आगामी दिनमा गाउँका अरु घरमा पनि स्वदेशी तथा विदेशी पाहुनालाई राख्ने तयारीमा जुटेका छौँ ।’

होमस्टे सञ्चालक राधिका कुटुवालकाअनुसार पर्यटकहरुले स्थानीय रहनसहन, भेषभूषा र संस्कृतिको मज्जा लिन पाउनेछन् । ‘धार्मिक पर्यटक समेत यहाँ बस्न आउने गरेका छन्’, उनले भने ‘कोही पनि पर्यटक यहाँ आएपछि बेखुशी हुनुपरेको छैन ।’ होमस्टेमा तामाङ समुदायको डम्फु, सेलो नाच र ब्राम्हण समुदायको खैंजडी नाचको आनन्द लिन पाउनेछन् ।

अरनिको राजमार्गबाट नजिकको शान्त गाउँमा सञ्चालनमा आएको होमस्टे आन्तरिक पर्यटकहरुको रोजाईमा समेत पर्न थालेको छ । ‘कम खर्च, पारिवारिक वातावरण, होटलको झै सुविधा पाएपछि आन्तरिक पर्यटकहरुको समेत उपस्थिति बढ्न थालेको छ, उनले भने ‘धुलिखेलको सौन्दर्य अवलोकन गर्न पनि होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मद्दत गरेको छ ।’

होमस्टेमा बनाइएको खाना

होमस्टे सञ्चालक समितिले नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी घरबासको संख्या बढाउनुका साथै पर्यटकहरुलाई थप सुविधा दिने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ७ : ५२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि