२०८२, २६ कार्तिक बुधबार

काभ्रेको कुत्ताल सामुदायिक होम स्टेमा विदेशी पर्यटकको घुईचो

काभ्रेको कुत्ताल सामुदायिक होम स्टेमा विदेशी पर्यटकको घुईचो


काभ्रे, ३२ साउन: धुलिखेल नगरपालिकाको वडा नम्बर ३ कुत्तालमा रहेको सामुदायिक होमस्टेमा विदेशी पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । होटलहरुको हवका रुपमा रहेको धुलिखेलमा होमस्टेमा बस्ने पर्यटकहरुको संख्या पनि बढ्दै गएको हो ।

पर्यटकीय नगर धुलिखेलको कुत्ताल गाउँमा गत वर्षदेखि सञ्चालनमा आएको होम स्टेमा जापान, स्पेन, युके, अमेरिका, अस्ट्रेलिया लगायत देशभित्रका आन्तरिक पर्यटकहरु आएको होमस्टे सञ्चालक समितिका अध्यक्ष सजय तामाङले जानकारी दिए ।

तामाङका अनुसार कुत्तालका ६ वटा घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । अहिले १२ वटा बेड पर्यटकहरुका लागि छुट्याइएको अध्यक्ष तामाङले बताए । ‘अहिले ६ वटा घरबाट हामीले होमस्टे सुरु गरेका हौँ, उने भने ‘आगामी दिनमा गाउँका अरु घरमा पनि स्वदेशी तथा विदेशी पाहुनालाई राख्ने तयारीमा जुटेका छौँ ।’

होमस्टे सञ्चालक राधिका कुटुवालकाअनुसार पर्यटकहरुले स्थानीय रहनसहन, भेषभूषा र संस्कृतिको मज्जा लिन पाउनेछन् । ‘धार्मिक पर्यटक समेत यहाँ बस्न आउने गरेका छन्’, उनले भने ‘कोही पनि पर्यटक यहाँ आएपछि बेखुशी हुनुपरेको छैन ।’ होमस्टेमा तामाङ समुदायको डम्फु, सेलो नाच र ब्राम्हण समुदायको खैंजडी नाचको आनन्द लिन पाउनेछन् ।

अरनिको राजमार्गबाट नजिकको शान्त गाउँमा सञ्चालनमा आएको होमस्टे आन्तरिक पर्यटकहरुको रोजाईमा समेत पर्न थालेको छ । ‘कम खर्च, पारिवारिक वातावरण, होटलको झै सुविधा पाएपछि आन्तरिक पर्यटकहरुको समेत उपस्थिति बढ्न थालेको छ, उनले भने ‘धुलिखेलको सौन्दर्य अवलोकन गर्न पनि होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मद्दत गरेको छ ।’

होमस्टेमा बनाइएको खाना

होमस्टे सञ्चालक समितिले नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी घरबासको संख्या बढाउनुका साथै पर्यटकहरुलाई थप सुविधा दिने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ७ : ५२ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज