२०८३, २६ भाद्र शनिबार

व्यवसायीक वतावरण बन्ने कर प्रणाली चाहिएको छ : अर्थ मन्त्री खतिवडा

व्यवसायीक वतावरण बन्ने कर प्रणाली चाहिएको छ : अर्थ मन्त्री खतिवडा


धुलीखेल ३१ श्रावण : अर्थ मन्त्री डा. युवराज खतिवडाले मुलुकमा शाक्षर नागरिक र करका बारेमा प्रश्न उठ्दा हामीले करदाता शिक्षालाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

अहिले हामी कस्तो कर प्रणाली चाहान्छौ त ? हामीले चाहेको कर प्रणली भनेको इमान्दार व्यबसायीले प्रतिष्र्धी रुपमा व्यवसाय गर्ने वातावरण बन्नु पर्यो । अहिलेको सरकारले चाहेको कर प्रणली भनेको यहीे कर प्रणाली हो ।

काभ्रे रहेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अर्थ मन्त्री डा.खतिवडाले यस्तो बताएका हुन् । उद्यमीले उद्योग व्यवसाय के कसरी चलाउने भन्ने योजना बनाउँदै गर्दा कस्तो किसिमको कर तिर्ने ? कति वर्षसम्म तिर्ने ? कति वर्षमा कति मुनाफा प्राप्त गरिन्छ भन्ने योजना उद्योगीले बनाएको हुन्छ । आफूले कर तिर्दा अरुले पनि तिरोस र अरुले नतिर्दा आफूले पनि तिर्न नपरोस भन्ने मान्यता सबैको हुन्छ ।

त्यही धारणा अनुसारको कर प्रणाली लागू गराउनु पर्छ । अब करका दरहरु बढाउनसक्ने अवस्था छैन । ती सबै आय कर प्रणालीका करहरु नै हुन् । २० लाखभन्दा बढी आय आर्जन भएकाहरुको लागि ३६ प्रतिशत छ । संस्थागत आयकरलाई पन्ध्रौं वर्षदेखि बढाइएको छैन । अब करको दरलाई बढाउने पक्षमा सरकार नभएको मन्त्री खविडाको धनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला प्रहरी कार्यालय प्रमुख जयबाहादुर सापकोटा, धुलिखेल नगरपालिकाका आशोक व्यान्जू, काभ्रे उद्ययोग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, अर्थ मन्त्रालयका सचिव लालसंकर घिमिरे, आन्तरीक राजश्व कार्यालयका महानिर्देशक विष्णुप्रसाद नेपाल, उद्ययोगी व्यवसायी, पत्रकार र करदाताहरु उपस्थित रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय काभ्रेबाट काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा र रामेछापका सेवाग्राहीलाई सेवा प्रवाह हुँदै आएको छ ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ८ : ४१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।