२०८२, ३० पुस बुधबार

‘म बनाउँछु मेरो बनेपा’अभियानलाई सबैले सहयोग गरौं

‘म बनाउँछु मेरो बनेपा’अभियानलाई सबैले सहयोग गरौं


· निर्वाचित स्थानीय सरकार आएपछि भएका उल्लेखनीय कामको नाम लिनु पर्दा कुन–कुन कामलाई लिनुहुन्छ ? फोहोर बनेपाको चुनौती नै बनेको देखियो, यसको व्यवस्थापन के कसरी भइरहेको छ ?

हामी स्थानीय तहमा जनताबाट निर्वाचित भएर आउँदा विल्कुल नयाँ थियौं । निर्वाचनपछि बनेको स्थानीय सरकारको उपप्रमुखलाई बजेट विनियोजन गर्ने संयोजकको रुपमा जिम्मेवारी दिइएको छ । सरकार नयाँ भए पनि हाम्रो बनेपा नगरको सरकारले विवेक पु¥याएर बजेट बनाउँदै आएको छ । हाम्रो सरकारले प्रस्तुत गरेका योजना र बजेटका आधारमा हामीले उल्लेखनीय कामहरु सम्पन्न गरेका छौं ।

नगरबासीको स्वास्थ्यको क्षेत्रमा हामीले मोतियााबिन्दु न्यूनीरकणका लागि प्रत्येक घरमा स्वयंसेविका पठाएर मोतियाबिन्दुका रोगी भए नभएको पहिचान ग¥यौं । यसलाई व्यापक बनाउनका लागि हामीले एउटा व्यापक अभियान नै चलायौं । त्यस अभियानबाट पहिचान भएका झन्डै तीन सयभन्दा बढी मानिसहरुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । ती मध्ये १० जना चाहिँ मोतियाबिन्दु भएर अब आँखा देख्दिन भनेर उपचार गर्न नसकी बसेका नागरबासीहरु रहेका थिए । उपचारपछि अहिले उहाँहरु आँखा देख्नसक्ने हुनुभएको छ । हामीले २ बर्ष अगाडि यो अभियान चलाए पनि यसलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

अर्को चाहिँ कृषि बालिमा किसानले धेरै विषादी प्रयोग गरेकाले ग्रामीण भेगका महिला दिदि–बहिनीहरु स्तन तथा पाठेघर क्यान्सरबाट मृत्युको मुखमा पुगिरहेका छन् । यो अवस्थालाई हटाउन हाम्रो नगरपालिकाको १४ वटै वडामा स्तन तथा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी कार्यक्रम ग¥यौ । परीक्षणबाट रोग पत्ता लागेका रोगीहरुलाई हामीले निःशुल्क अप्रेशनको व्यवस्था मिलायौं ।

त्यसैगरी पूर्वाधार विकासको क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरी विभिन्न योजनाहरु सम्पन्न गरेका छौं । त्यसमध्ये एकदेखि अर्को वडा जोडिने सडक निमार्णको कामहरु विशेष गरेका छन् ।

फोहोर मैलाको व्यवस्थापनको विषयमा नगरपालिकाले विशेष योजना बनाएर काम थालेको छ । स्थानीय सरकार बनेपछि फोहोर मैलाको व्यवस्थापन गर्न हामीले सक्दो प्रयास ग¥यौं । बनेपा नगरपालिकाको सबैभन्दा ठूलो चुनौतीको बिषय नै यही फोहोर मैला व्यवस्थापन हो भन्ने हाम्रो पनि ठम्याई होे । त्यसका लागि हामीले नगरपालिकाकै चतुरे भन्ने ठाउँमा दीर्घकालिन फोहोर ब्यवस्थापन गर्ने कामको शुरुवात गरेका छौं । फोहोर व्यवस्थापनका लागि त्यहाँ ११ रोपनी जग्गा खरिद गरिएको छ । त्यस स्थानको आसपासमा अन्य सार्वजनिक जग्गा पनि भएकाले अब नगरपालिकासँग फोहोरमैला व्यवस्थापनको लागि करिब १०० रोपनी जग्गाको व्यवस्था भएको छ । यो चुनौती रहेको फोहोरमैला व्यवस्थानमा नगरपालिकाले प्राप्त गर्न सकेको ठूलो उपलब्धी नै हो ।

त्यसैगरी हामी निर्वाचित भएर आएपछि अरनिको राजमार्गको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घर÷टहरा भत्काइएको छ र सडकलाई फराकिलो बनाउने कामा भएको छ । त्यसैगरि हामीले कर्मचारीलाई कार्यालयमा नियमित गराउने उद्देश्यले ईलेक्ट्रोनिक हाजिरी मेसिनको व्यवस्था गरी सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास गरेका छौं । त्यस्तै नगरले गुणस्तरीय पठनपाठनलाई ध्यानमा राखी नगरका विद्यालयमा समेत इेलेक्ट्रोनिक हाजिरी गर्ने व्यवस्था मिलाएका छौं ।

· तपाईहरुले निर्वाचनमा घोषणा गर्नुभएको कामका सूचीसँग यसले के कस्तो सम्बन्ध राखेको छ ?

वास्तबमा हामीले कुनै पनि बजेट निमार्ण गर्नुभन्दा पहिला चुनाबको बेला तयार पारेको घोषणा पत्र अगाडि राखेर नै तयार गर्ने गरेका छौं । त्यही घोषणा पत्रलाई आधार मानेर नीति तथा कार्यक्रम बनाउने गरिएको छ । अनि त्यही नीति तथा कार्यक्रमकै आधारमा हामीले बजेट बनाउँदै आएका छौं, भनेपछि हाम्रो घोषणापत्रमा उल्लेख गरिएका कामसँग, हाम्रा प्रतिवद्धतासँग यसको गहिरो सम्बन्ध रहेको छ भन्ने मलाई लाग्छ । जनतासँग हामीले गरेको प्रतिवद्धताकै आधारमा हामीले योजनाको छनौट र बजेटको व्यवस्था गरेका छौं भन्ने मेरो विश्वास हो ।

· अहिले सबै ठाउँमा त्यो नीति तथा कार्यक्रम अनुसार नै विकास निमार्णका काम भैरहेका छन् त ?

शुरुको वर्षमा नीति तथा कार्यक्रमअनुसार धेरै बजेट र कार्यक्रम बनाउन सकेनौं । तर गत बर्ष हामीले त्यसलाई थोरै परिमार्जन ग¥यौं । त्यति मात्र नभई हामीले विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुलाई बोलाएर छलफल गर्दै झण्डै ५÷७ दिन नीति तथा कार्यक्रममा समय लगाएका थियौं । त्यसरी निर्माण गरिएको बजेट र योजनाहरुलाई हामीले कार्यान्वयनमा नराउनका लागि नगर कार्यपालिकालाई जागरुक बनाएका छौं । साथै ती योजनाहरुको अनुगमन पनि भएको छ । यसका आधारमा जनताका योजना र कार्यक्रमहरु कायान्वयन भएका छन् भन्ने नगरापालिकाको दावी छ ।

· अघिल्लो वर्षका योजनाहरु अनुगमनको कुरा गर्नुभयो, नगरका ती योजनाहरु अहिले कस्तो अवस्थामा रहेका छन् ?

गत बर्ष हामीले विषेश गरी पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएका थियौ । नगर स्तरीय र वडा स्तरीय गरेर थुप्रै सडकहरु निर्माण भइसकेका पनि छन् । नगरपालिकाको अनुगमनबाट हामीले ९७ प्रतिशत योजनाहरु कार्यान्वन भएको पाएका छौं ।

· तपाई चाहिँ अनुुगमन समितिको संयोजक पनि हुनुनहुन्छ, निर्धारित कार्यक्रमहरु समयमै सकाउन कस्तो कस्तो खालको समस्या आउँदा रहेछन् ?

पक्कै पनि संविधानले प्रत्येक उपप्रमुख तथा उपाध्यक्षहरुलाई अनुगमनको योजना समितिको संयोजक तथा जाचपास समितिको संयोजक भनेर जिम्मेवारी तोकेको छ । बनेपा नगरपालिमा जति पनि विकास निमार्णका कामहरु भएका छन् । ती हरेक योजनाको अनुगमन गर्न म सम्बन्धित ठाउँमै पुग्ने गरेको छु । बिहानदेखि बेलुकासम्म भए पनि योजनामा आफैं पुग्छु । म प्रविधिक त होइन तर मेरो टिममा प्रशासनिक अधिकृत, प्रविधिक हुनुहुन्छ । स्थानीय तह बन्नुभन्दा अगाडि जुन योजनाको लागि बजेट निर्माण हुन्थ्यो त्यो योजना अनुरुप काम नभैकन पनि बजेट फरफारक हुन्छ भनिन्थ्यो । तर संबिधानले नगरपालिकाहरुलाई अहिले जे जिम्मेवारी दियो त्यसपछि चाहिँ प्रत्यक्ष अनुगमन गरेर मात्र बजेटको फरफारक गर्ने गरेका छौँ । यसो हँुदा बजेटको प्रभावकारी कार्यान्वयन भएको छ । हामीले फिल्डमा जति काम भएको त्यत्ति मात्रै रकम भूक्तानी दिने गरेको छौँ । सम्झौता अनुसार होइन । बनेपाको नगर सरकारलाई सुशासनयुक्त नगर बनाउने हामीले प्रयास गरेका छौं । नगरलाई परदर्शी बनाउनुछ । हामीले अहिले हिजोदेखि हुँदै आएका वेथितीलाई रोकेनौ भने भावी नेतृत्वलाई पनि निकै समस्या हुनेछ ।

· चालु आर्थिक बर्षमा चाहिँ कुन कुरालाई तपाईंको नगरले प्राथमिकता दिएको छ ?

गत दुई बर्षको बीचमा ठाउँठाउँमा बाटो नभएको कारण बिरामीलाई स्वास्थ्य चौकी ल्याउन र बालबालिकाहरुलाई स्कुल जान धेरै समस्या थियो । हामीले यस्ता समस्याहरु हटाउन बाटोको स्तरउन्नति गर्ने कार्यक्रमलाई विशेष महत्व दिएका छौँ । तर यो बर्ष भने पूर्वाधार विकासले मात्र हुँदैन भनेर अलि फरक तरिकाबाट लागेका छौं । जस्तै आर्थिक विकास, सामाजिक विकास, राजनीतिक विकास, साँस्कृतिक विकास, दलित लक्षित वर्गहरुको लागि भनेर बजेट विनियोजन गरिएको छ ।

· बजेट, नीति र कार्यक्रम बनाइरहँदा तपाईहरुले ‘म बनाउछु, मेरो बनेपा’ भन्नु भको थियो नि हैन ?

२०६८ सालको जनगणना अनुसार बनेपा नगरपालिकाको ५६ हजार जनसंख्या छ । तर भुकम्पपछि बनेपामा स्थायी बसोबासका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । यस्तो अवस्थामा जनप्रतिनिधि एक्लैले गरेर मात्र पनि समाज परिवर्तन हुन सक्दैन । त्यसैले समाज रुपान्तरण गर्नुछ भने प्रत्येक ब्यक्तिले मबाट सुरु गर्नुपर्छ । अनि मात्र हामी सुखी बनेपाली हुन सक्छौ भनेर ‘म बनाउँछु, मेरो बनेपा’ भन्ने नारा नै बनाएर काम अघि बढाउन सुरु गरेका हौँ ।

· अब हामी थोरै न्यायिक समितिको कुरा गरौ, कसरी सञ्चालन भैरहेको छ न्यायिक समिति ?

न्यायिक समितिको संयोजक पनि संबिधानले उपप्रमुखलाई नै तोकेको छ । जसमा २ जना निर्वाचित सदस्य सहित तीनजना हुन्छौ । कानुन बनाउने अधिकार स्थानीय तहलाई छ । बनेपा नगरपालिकाले न्यायिक सम्बन्धी कार्यविधी ऐन पास गरिसकेको छ । बनेपा नगरपालिकाले इजलास पनि बनाइसकेको छ ।

हामी निर्वाचित भएर आउने बित्तिकै न्यायिक समितिले सबै कुराहरु हेर्ने होला भन्ठानेर नगरबासीहरु नगरपालिकामा आउनुहुुन्थ्यो । जुन फौजदारी मुद्दाहरु हाम्रो क्षेत्रभित्र पर्दैनथ्यो । त्यसैले उहाँहरुलाई हामीले हाम्रो क्षेत्राधिकार पर्ने कुराहरु यो–यो हो भनेर बुझाएर पठाउने गरेका छौं । हाम्रो क्षेत्र अधिकार भित्रका कुराहरुमा चाहिँ मेलमिलाप गर्ने १३ वटा तथा निर्णय गर्ने अधिकार ११ वटा छ ।

स्थानीय तह बन्नुभन्दा अगाडी झै झगडा भयो भने ८ दिनको तालिम लिएर बन्नुभएका मेलमिलापकर्ताहरुबाट आधिकारीक रुपमा मेलमिलाप गराउने चलन थियो तर स्थानीय तह बनिसकेपछि ऐनमा नै के भनेर संवोधन गरेको छ भने, मेलमिलापकर्ताहरुलाई न्यायिक समितिमा नै आवद्ध गर । त्यसैले पनि हामीले गत बर्ष मेलमिलापकर्ताहरुको सूचिकृत ग¥यौं । जसमा ६२ जना हुनुहुन्थ्यो । यसपालि चाहिँ झण्डै ७० जना हुनुहुन्छ । तर केही वडामा मेलमिलापकर्ता नभएको अवस्थामा हामीले यसपाली ९ जनाालाई तालिम दिएर मेलमिलापकर्ताहरु तयार पारेका छांै । वास्तवमा भन्ने हो भने अहिले न्यायिक समितिमा जुरुरी गर्ने क्रम बढिरहेको छ । अहिले औपचारिक रुपमा १२ वटा घटना दर्ता भएका छन् । ५ वटा न्यायिक समितिले नै समाधान गरिसकेको छ भने एउटा मुद्दालाई धेरै प्रयासपछि पनि मिलाउन नसकेपछि अदालतमा पठाइसकेका छौं ।

· अरु स्थानीय सरकारको न्यायिक समितिमा धरै समस्या आइरहेको भन्ने सुनिन्छ, तपाईकोमा कस्तो छ ?

हुनत हाम्रो नगरपालिकामा कानुन अधिकृत पनि हुनुहुन्छ र कानुनी सल्लाहाकार पनि हुनुहुन्छ । अनि म आफै पनि कानुन कै विद्यार्थी हुँ । तर पनि अप्ठ्याराहरु निकै छन् । जस्तो एउटा पक्ष आएर निवेदन दिनुहुन्छ तर अर्को पक्ष आउन मान्नु हँुदैन अनि नआएकोे पक्षलाई झिकाउने अधिकार हामीलाई दिएको छैन । यो हाम्रो नगरको न्यायिक समितिको गम्भीर समस्या हो । यो बिषयमा चाहिँ सम्बन्धित प्रदेश र संघीय सरकारले बेलैमा ध्यान दिन आवश्यक भएको महसुस म जस्तै धेरै स्थानीय सरकारले गरेका छन् ।

· बनेपा नगरपालिका सास्ँकृतिक रुपमा पनि धनी मानिन्छ, यसको संरक्षण र विकासमा चाहिँ नगरपालिकाले कत्तिको ध्यान दिएको छ ?

बनेपा नगरपालिका एउटा साँकृतिक धरोहर नै हो । नगरभित्र चण्डेश्वरी, नाला क्षेत्र जुन चाहिं पुरातात्विक सम्पदाहरुले भरीपूर्ण क्षेत्र हो । यस्तो महत्व भएको हाम्रो नगरलाई नगर सरकारले चासोे नदिने त कुरै भएन । हामीले गत बर्ष जात्रा, मेला÷पर्वको लागि भनेर ३५ लाख रुपैँया छुट्याएका थियांै । विभिन्न ठाउँमा मठ मन्दिहरु, पाटी÷पौवा पनि निर्माण गरिरहेका छौं । बनेपा नगरपालिकाको नगर सरकारले आर्थिक, सामाजिक मात्र नभएर साँस्कृतिक क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ ।

· बनेपा नगरपालिकाको मुख्य समस्या भनेको फोहोर मैला जस्तै खानेपानी भन्ने कुरा चुनावी घोषणापत्रदेखि नै उठाउनु भएको थियो । खानेपानीको समस्या समाधानका के कस्ता काम भएका छन् ?

हो, बनेपा नगगरपालिकामा खानेपानी, फोहोरमैला व्यवस्थापनको ठूलै चुनौती छ । खानेपानीका केही योजनाहरु अहिले प्राकृतिक विपत्तिका कारण अबरुद्ध भएका छन् । अब ती योजनाहरु फेरी केही समयमा नै सुरु हुन्छन् । बनेपा नगरपालिकाको वडा नं १३, १४ र १० मा खानेपानीको ठूलो योजना सञ्चालन गरेका छौं । त्यहाँ ६५ हजार र एक लाख लिटरको ट्याङ्की पनि बनाइ सकिएको छ । यस कामका लागि प्रदेश सरकार बनेपा नगरपालिकाको लगानी छ । अबको १÷२ बर्षमा नै यहाँका स्थानीयले आशापुरीको स्वच्छ पानी खान पाउनुहुनेछ ।

अर्को चाहिँ वडा नं १ जहाँ १ लाख लिटरको ट्याङ्कि बनिसकेको छ । त्यसैगरी नाला क्षेत्रमा धेरै खानेपानीको स्रोतहरु छन् । त्यहाँ अहिले हिले, जलजले कृत्रिम ताल निर्माण पनि भैरहेको छ । त्यसको डिपिआर बनाउन प्रदेश सरकारले ७५ लाख छुट्याएको छ । अब यो केही बर्षमा नै सम्पन्न हुनेछ । त्यससैगरी वडा नं ५ र ६ मा पनि यो बर्ष खानेपानी पु¥याउनको लागी ५० लाख रुपैँया बजेट विनियोजन गरेका छौं ।

· तपाई बनेपा नगरपालिकाको राजस्व समितिको पनि संयोजक हुनुहुन्छ । बनेपामा राजस्व कत्तिको संकलन के कसरी हुने गरेको छ

बनेपामा राजस्व संकलन गर्ने स्रोत भनेको एकिकृत सम्पत्ति, व्यवसायिक कर र ढुङगा खानी गरी तीन वटा स्रोतहरु छन् । गत बर्ष हामीले आठ करोडको लक्ष्य लिएका थियौँ । त्यसमा बनेपाको स्थानीय सरकारले ११ करोड राजस्व संकालन गर्न सफल भयो । यस बर्ष चाहिँ व्यवसायिक करको दायराभित्र नआएकालाई व्यवसायिक करको दायरभित्र ल्याउने र सम्पति कर चाहिँ महङ्गो भएको हुदाँ त्यसलाई कम गराउने पहलका साथ नगर सरकारले योजना बनाएर काम गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ७ : ४१ बजे

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो