२०८३, २९ श्रावण शनिबार

आज क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटीका १२ फाइदा

आज क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटीका १२ फाइदा


क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं। यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो। यो टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार हो।

नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ।  गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ। शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ। क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो।

क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ। यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ।

बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ। यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ।

हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं। खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं। गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ। माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ। यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ।

प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ। क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ। क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं।

क्वाँटीका फाइदा
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ
पाचनशक्तिमा सुधार आउँछ
मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी
स्मरणशक्ति वृद्धि गराउँछ

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ
बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ

प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार  ८ : २२ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ