२०८२, २८ श्रावण बुधबार

आज क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटीका १२ फाइदा

आज क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटीका १२ फाइदा


क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं। यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो। यो टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार हो।

नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ।  गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ। शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ। क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो।

क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ। यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ।

बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ। यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ।

हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं। खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं। गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ। माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ। यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ।

प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ। क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ। क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं।

क्वाँटीका फाइदा
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ
पाचनशक्तिमा सुधार आउँछ
मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी
स्मरणशक्ति वृद्धि गराउँछ

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ
बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ

प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार  ८ : २२ बजे

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा