२०८२, २८ श्रावण बुधबार

आज रक्षा बन्धन: किन बाधिन्छ हातमा रक्षा बन्धन ?

आज रक्षा बन्धन: किन बाधिन्छ हातमा रक्षा बन्धन ?


काठमाडौं, साउन ३० : आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । परम्परा र हिन्दु सक्कार अनुशार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा पछिल्लो दिनमा मनाईने प्रचलन रहेकोले आज ३० गते बिहीबार रक्षा बन्धन मनाईन लागिएको हो ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

यसको अर्थ 
जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछू । aसत्य यूगमा दानव द्धार लखेटिएका देवगणहरुलाई बचाउँन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरो बाट अत्यन्त बलशाली दानव बलिराजलाई बाधि देवगणहरुको रक्षा गरेका थिए त्यसनै म तिमिलाई बाध्दछु सुरक्षित होऊ,बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आजपनि रक्षा बन्धन बाध्ने प्रचलन चलि आएकोछ ।

सत्य यूगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आजपनि दानवी शक्तिबाट रक्षित हुँन वा हामि आफ्नो मन बिचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस,बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौ । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पस्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेकोछ ।

प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार  ७ : १८ बजे

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा