२०८२, १८ मंसिर बिहीबार

कुकुरले टोकेको नभन्दा ज्यान गयो

कुकुरले टोकेको नभन्दा ज्यान गयो


काठमाडौं, साउन ३० :कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्।

कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो।

गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्। बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ। उनीहरू पानी र हावाबाट डराउँछन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार  ७ : ०१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको