२०८३, ७ कार्तिक शनिबार

यसरी हुदैछ काभ्रेको गोसाईस्थानमा मेलाको तयारी

यसरी हुदैछ काभ्रेको गोसाईस्थानमा मेलाको तयारी


बनेपा २८ साउन : काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासिक तीर्थस्थल गोसाईस्थानमा लाग्ने मेलालाई व्यवस्थित बनाउन समितिले पूर्ण तयारी गरेको छ । हरेक वर्ष जनैपूर्णीमाको अवसरमा लाग्ने यो मेलामा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

किंवदन्तीअनुसार देवता र दैत्यबीच समुन्द्र मन्थन गर्ने क्रममा काल्कुट वीष उत्पत्ति भइ सारा संसारका जीवजन्तुहरु ध्वस्त हुने भएपछि देवताहरुले भगवान शिवजीसँग प्रर्थना गर्दै पृथ्वी ध्वस्त हुनबाट जोगाउन आग्रह गरेका थिए । उक्त आग्रहपछि काल्कुट वीष भगवान शिवले सेवन गरी आफ्नो कण्ठमा राखेपछि औडाहा भएर छटपटिएका शिव हिमालय पर्वततर्फ जाने क्रममा त्रिशुलले जमिन रोपेर जल उत्पन्न गरी सोहि जलद्वारा शितलता प्राप्त गरेका थिए । यसरी हिमालय पर्वतमा जाँदा टेकिएको एक पाइला यसै स्थानमा परेको जनविश्वास छ । भगवान शिवजी यही बाटो भएर रसुवागढीतर्फ प्रस्थान गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । स्वच्छ मनका साथ यस गोसाइस्थान पवित्र धाममा दर्शन गरे पश्चात मनमा शान्ति मिल्ने र चिताएको कुरा पुरा हुने आम भक्तजनहरुमा विश्वास रहिआएको छ ।

धार्मिक, साँस्कृतिक मात्र नभइ पर्यटकीय दृष्टिकोणले पनि गोसाईस्थान काभ्रे जिल्लाकै ऐतिहासिक स्थल हो । यहाँको उच्च भू–भागबाट दोलखा जिल्लाको गौरीशंकर हिमालदेखि काठमाण्डौ उपत्यका लगायत काभ्रेकै पाँचखाल उपत्यका, बनेपा, पनौती जस्ता उपत्यकाको राम्रोसँग दृश्यावलोकन गर्न सकिन्छ । जनैपूर्णीमाको दिन यो पवित्र तीर्थस्थलमा विभिन्न जाति, भाषा, धर्म, भेषभूषा र रहनसहन भएका समुदायका मानिसहरुले यस स्थलमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ सहभागी हुने गरेका छन् । उक्त दिन ब्राम्हण समुदायले जनै र डोरो लगाउँछन् भने नेवार समुदायले अन्नपात चढाउने गर्दछन् । त्यसैगरी तामाङ समुदायले विभिन्न स्थानबाट आफ्नो घरपरिवार र इष्टमित्रहरुको साथमा झाँकी समेत प्रदर्शन गर्ने गर्दछन् ।

गोसाई स्थान संरक्षण समितिले कुशलतापूर्वक मन्दिरको व्यवस्थापन र भक्तजनहरुको सहयोगमा विभिन्न पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न गरेको छ । यसैगरी यो पर्वमा बनेपा नगरपालिकाले समेत व्यवस्थापनका लागि १ लाख सहयोग उपलब्ध गराएको छ । गोसाइ स्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाह ठकुरीले दर्शनार्थीहरुका लागि पूजा आराधना सहयोग पु¥याउन व्यापक स्वयमसेवक परिचालन हुने बताएका छन् ।

प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलबार  ११ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना