२०८२, १८ मंसिर बिहीबार

हेर्नुहोस् अनौठो ठाउँ, जहाँ भगवानलाई नै मृत्युदण्ड दिइन्छ

हेर्नुहोस् अनौठो ठाउँ, जहाँ भगवानलाई नै मृत्युदण्ड दिइन्छ


काठमाडौं २८ साउन श्रीकृष्णले पवित्र ग्रन्थ गितामा भन्नुभएको छ की यस धर्तीमा गरिने हरेक राम्रो नराम्रो कर्मको फल मानिसले भोग्नुपर्छ । तर आफ्ना कर्मको फल केवल मानिसले मात्र होइन भगवानले पनि भोग्नुपर्दोरहेछ यो कली युगमा ।

भगवानले पनि आफुले गरेका गलत कर्मको लागि सजाय भोग्नुपर्छ । गलत काम गर्ने भगवानलाई कठघरामा उभ्याइन्छ अनि सुरु हन्छ आरोप प्रत्यारोपको श्रृंखला । भगवानलाई निष्कासनदेखि लिएर मृत्युदण्ड सम्मको सजायँ दिइन्छ ।

भगवानलाई नै मृत्युदण्ड दिने यस्तो अनौठो तथा अपत्यारिलो काम हुन्छ हाम्रै छिमेकी भारतमा । भारतको छत्तिसगढको बस्तर जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रुपमा रहेको छ । हरेक वर्ष उक्त मन्दिरमा ठूलो मेला लाग्छ । मेलामा स्थानीय आसपासका सबै गाउँका मानिसहरुले आ आफन देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । एउटा देव अदालत खडा गरिन्छ त्यहाँ ।

उक्त अदालतमा गाउँलेहरुले देवी देवताहरुलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवी देवताहरुलाई देव अदालतमा पेश गरिन्छ ।

उक्त देव अदालतको न्यायाधीशको रुपमा भंगाराम देवीको मन्दिरका पुजारी हुन्छन् । दिनभर अदालतमा मुद्धाको सुनुवाई हुन्छ र बेलुकी फैसला सुनाइन्छ । देवी देवताहरुले गाउँलेउपर गरेका अन्याय तथा अपराधकर्मको लागि सजायँ सुनाइन्छ ।

जसमा ६ महिनासम्म निष्कासन गर्नेदेखि लिएर अनिश्चितकाल सम्मका लागि निष्कासन गर्ने सम्मको हुन्छ । यति मात्र होइन, देवी देवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजायँ दिँदा भगवानको मूर्तिलाई फोडिन्छ । निष्कासनको सजाय पाउने देवी देवतालाई मन्दिरको नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।

सजाय काटिसकेपछि ती देवीदेवताका मूर्तिहरुलाई पुनः धुमधामपूर्वक पुजा गरेर ससम्मान गाउँलेहरुले आ आफ्ना मन्दिरमा लगेर स्थापित गर्दछन् ।

देवी देवताहरुमाथि लाग्ने अधिकांस अभियोगहरु मानिसहरुका इच्छा पूरा नगरेको सम्बन्धी नै हुने गरेका छन् । बालीनालीको उत्पादन कम भएमा, घरपालुवा पशुहरुलाई रोगविमार लागेमा तथा गाउँलेहरु बिरामी परेमा वा अकालमा मरेमा पनि देवी देवताहरु विरुद्ध देव अदालतमा मुद्धा हाल्ने गरिएको छ । रोचक कुरा त के भने यो मेलामा महिलाहरुलाई भने जान निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिइँदैन ।

प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलबार  ३ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको