२०८२, २८ चैत्र आईतबार

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी


लहान, २७ साउन: लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै यहाँस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिनुभयो ।

त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले गत जेठ महीनामै पत्र काटेर लहानस्थित लहान लाइफ केयर हस्पिटल प्रालि, डिभाईन हस्पिटल केयर प्रालि, फेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल प्रालि, माँ धमिनी हस्पिटल प्रालि, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि, लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयालाई लाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।

ति सबै निजी स्वास्थ्य संस्थाहरु नविकरण नगरी सञ्चालन हुँदै आएका थिए । नविकरण समाप्त भएका स्वास्थ्य संस्थालाई दर्ता नविकरणका लागि दुई महीनाको समय दिए पनि अटेर गरेकाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको अधिकृत कर्णले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार  ९ : ३२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४