२०८२, ३ माघ शनिबार

छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो

छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो


काठमाडौं, २७ साउन : त्रिभुवन विश्वविद्यलाय अनुगमन निर्देशनालयले प्रभावकारी अनुगमन नगर्दा सम्बन्ध प्राप्त निजी कलेजलहरुको मनोमानी बढ्दै गएको छ । पार्टीका नेताका बलमा त्रिविबाट सम्बन्ध लिएर सञ्चालन भइरहेका यस्ता कलेजहरुको अनुगमन, नियमन र दोषी पाइए कारावही गर्ने आँट प्रशासनले नगर्दा मनोमानी बढ्दै गएको हो ।

यस्ता कलेजहरुले भर्ना भएका विद्यार्थीमध्येबाट १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था लत्याएका छन् । उनीहरुले स्नातक र स्नातकोत्तर तहमा दिनुपर्ने कुनै पनि छात्रवृत्ति दिएका छैनन् ।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ को परिच्छेद ९ को बुँदा नम्बर २२ को छात्रवृत्ति तथा विद्यार्थी कल्याण कोषमा गरिएको व्यवस्था अनुसार सम्बन्ध प्राप्त प्रत्येक क्याम्पसमा छात्रावृत्ति तथा विद्यार्थी कल्याण कोष खडा गर्नुपर्छ ।

त्यही कोषबाट सम्बन्धन प्राप्त कलेजले प्रत्येक तह र कार्यक्रममा प्रत्येक वर्ष उत्कृष्ट नतिजा प्राप्त कम्तिमा एक छात्रा र एक छात्रलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार  ७ : ४२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको