२०८३, १० भाद्र बिहीबार

मण्डनका कृषकलाई आधुनिक कृषि औजार

मण्डनका कृषकलाई आधुनिक कृषि औजार


धुलिखेल २६ साउनः काभ्रेको मण्डन देउपुर नरपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ ।

नगरपालिकाले एक सय ९ वटा हाते ट्याक्टर र २१ वटा थ्रेसर मेसिन वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा कृषि औजारका सामग्री वितरण गरिएको नगरप्रमूख टोक बहादुर वाइबाले जानकारी दिए ।

कृषि औजार वितरण गर्न ७४ लाख ६ हजार खर्च भएको छ । नरपालिकाभित्र कृषिको उत्पादकत्व बढाउन र कृषकहरुको जीवनस्तर सुधारका लागि आधुनिक औजार वितरण गरिएको नगरप्रमुख बाईवाले बताउनुभयो । ‘हामीले खेती प्रणालीमा आमूल परिवर्तन गर्न आवश्यक छ, नगरप्रमूख वाइबाले भने ‘हाम्रो नगरमा प्रशस्तै खेती योग्य जमिन छन् नयाँ प्रविधिमा आधारित खेती गर्न सक्यो भने मात्रै कृषकहरुको जीवनस्तरमा सुधार आउँछ ।

आधुनिक कृषि औजार पाए पछि किसानहरु पनि खुशी देखिएका थिए ।

यसैबीच नगरपालिकाले नगरभित्रका ३९ वडा विद्यालयलाई खेलकुद सामाग्री र फोहोर संकलन गर्नका लागि डस्वीन पनि वितरण गरेको छ । ५ लाख बराबरको खेलकुदका सामाग्री र डस्वीन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रमूखमा निर्वाचित भएपछि नगरप्रमूख वाइबाले नगरपालिकाको शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता दिएका छन् ।

नगरभित्रका विद्यालयहरुमा दरबन्दी मिलानको काम सकिएको छ । नगरप्रमूख वाइबाले शिक्षकहरुको चौमासिक तलब पाउने ब्यवस्थालाई घटाएर निजामति कर्मचारी सरह मासिकले पाउने ब्यवस्था देखि टकिङ टिचर, इलेक्ट्रिक हाजिरी मेसिन देखि हरेक विद्यालयमा छुट्टा छुट्टै सुचना अधिकारीको समेत ब्यवस्था गराएका छन् ।

प्रकाशित मिति : २०७६, २६ श्रावण आईतबार  ७ : ४६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा