२०८२, २२ जेष्ठ बिहीबार

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरे मिल्ने छ यस्तो लाभ

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरे मिल्ने छ यस्तो लाभ


आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे तपाईंको घरमा धनका साथै समृद्धि लाभ हुनेछ ।

माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ ।

व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

शुक्र ग्रहको पूजा
शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सही हुन सक्छ । शुक्रले मुख्य रुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको कृपाबाट प्राप्त हुन्छ ।

शुक्रलाई प्रसन्न पार्ने उपाय
शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार  ७ : ४४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक