२०८२, २६ कार्तिक बुधबार

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु


दाङ , साउन १९ : घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।

घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए। उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्‍यो। तर पत्ता लागेन। केही दिनपछि युवकको शव पोखरीमै भेटियो। यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। मृत्यु हुनेमा ५ पुरुष र ६ महिला छन्। प्रहरीका अनुसार इनारमा डुबेर ४ जना र खोलामा डुबेर ९ जनाले ज्यानको ज्यान गएको छ।

वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ। तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन्। एक वर्ष अवधिमा ५ नं प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए। उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ।

नदी, ताल, पोखरी र इनारमा डुबेर रूपन्देहीमा ३३, कपिलवस्तुमा २८ र नवलपरासीमा ५ जनाको मृत्यु भएको छ। यस्तै पाल्पामा १३, अर्घाखाँचीमा एक, गुल्मीमा ६ र प्युठानमा १४ जनाको डुबेर ज्यान गएको छ। डुबेर मृत्यु हुनेमा रोल्पामा ३, रुकुम पूर्वमा एक, बाँकेमा ४ र बर्दियामा २२ रहेको प्रवक्ता पोखरेलले बताए। पोखरी खन्ने तर तारबार र कुनै संकेत चिह्न नराखिँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेको घोराही–१७ का अमर आचार्यले बताए।

घोराही उपमहानगरपालिकाले २० वटा कृत्रिम पोखरी निर्माण गरेको छ। ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन। उमहानगरले बनाएका पोखरीम डुबेर ६ जनाले ज्यान गुमाइसकका छन्। सुख्खा स्थानमा सिँचाइ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ। तर सावधानी नअपनाउँदा पोखरी ज्यानमारा बन्दै गएको छ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सिँचाइ, पर्यटन र पानीको स्रोत संरक्षणका लागि नगरले पोखरी बनाइरहेको बबताए। उनले भने, ‘हामीले पोखरी बनाउने र सचेतना मात्रै दिन हो’, चौधरीले भने, ‘यसमा सबै सचेत हुनुपर्छ।’ घोराही उपमहानगरले चार करोड लागतमा थप पोखरीहरु निर्माण गर्ने योजना बनाएको छ।

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  ६ : ४७ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज