२०८३, ७ कार्तिक शनिबार

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग


काठमाडौं , साउन १९ : निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ ।

प्रवक्ता खरेलका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो । संकलन गरिएका मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको आयोगले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  ६ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना