२०८३, ६ आश्विन बुधबार

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग


काठमाडौं , साउन १९ : निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ ।

प्रवक्ता खरेलका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो । संकलन गरिएका मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको आयोगले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  ६ : ४३ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका