२०८३, ८ कार्तिक आईतबार

‘खतरा’मा लुम्बिनी

‘खतरा’मा लुम्बिनी


काठमाडौं, १८ साउन: लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदुषण रोकिएको छैन।

लुम्बिनी क्षेत्र पछिल्लो समय मुलुककै सबभन्दा प्रदुषण हुने क्षेत्र बनेको छ। यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो। भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि चुनौति बनेका छन्।

लुम्बिनीको महत्वपूर्ण प्रमाण अशोक स्तम्भ क्षयिकरणले यो अत्याधिक जोखिममा रहेको पुष्टि गरेको छ। सन् २०१३ मै युनस्कोले जापानिज बैज्ञानिकमार्फत अशोक स्तम्भको अध्ययन गर्दै क्षयीकरण भइरहेको प्रतिबेदन नेपाललाई बुझाएको थियो। पिलरमा प्रदुषणको धुलो टासिदा क्षति भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो।

आधा दशक हुँदा समेत अशोक पिलर संरक्षणका लागि उपाय थालिएको छैन। धुलोमा जिप्सम नामक केमिकल उत्पादन भई अशोक पिल्लरमा टासिने गरेको देखिएको छ। गुरुयोजना विपरीत लुम्बिनीमा कैयौं संरचना निर्माण भएका छन्। विकास कोषमा राजनीतिक नियुक्ती पाउने पदाधिकारीको स्वार्थका कारण त्यस्ता संरचना जथाभावी थपिने गरेका छन्। यी संरचनालाई युनेस्कोले मापदण्डविपरीत भन्दै आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार  ७ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना