२०८३, २९ श्रावण शनिबार

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !


काठमाडौं ,साउन १७ : नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो । गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक संझाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ८ : २४ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ