२०८२, २६ कार्तिक बुधबार

भयावह बालविवाह : १२ वर्ष बिहे, १३ मा आमा

भयावह बालविवाह : १२ वर्ष बिहे, १३ मा आमा


 जनकपुरधाम,साउन १७ : चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन।

यसबारे सोध्दा उनी लजाउँछिन् मात्र। महोत्तरी मनरा सिसवा नगरपालिका–१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन्। छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो। बुहारी इन्दिरा १२ वर्षकी थिइन्।

इन्दिराले छोरी जन्माइसकेकी छन्। सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु)।’ मुसहर टोलमा अधिकांशको बिहे उमेर नपुग्दै हुन्छ। ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो। उमेरले के हुन्छ?)’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्, ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो।’ सानैमा बिहे गर्ने परिपाटी र परिवार नियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन्। यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ६ : ५० बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज