२०८३, १३ कार्तिक शुक्रबार

बाख्रा चराउन गएका दुई बालकको डुबेर मृत्यु

बाख्रा चराउन गएका दुई बालकको डुबेर मृत्यु


कलैया, १६ साउन : बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।

बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिनुभयो । मृतक ती दुई बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ । पानीमा डुबर मृत्यु हुनेको सङ्ख्या बारामा पाँच पुगेको छ ।

प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार  ७ : २० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित