२०८३, २८ भाद्र सोमबार

काभ्रेमा विस्फोटको ठूलो आवाज, एसपी घटनास्थलमा, भोलीको बन्द के होला ?

काभ्रेमा विस्फोटको ठूलो आवाज, एसपी घटनास्थलमा, भोलीको बन्द के होला ?


बनेपा १४ साउन : काभ्रेको मुटु बनेपा नगरपालिकामा आज साँझ चर्को आवाज सहित केही पड्किएको आवाज सुनिएको छ । बनेपामा आएको उक्त आवाजालाई धेरैले बम बिष्फोट भएको अनुमान गरे पनि जिल्ला पहरी कार्यालय काभ्रेले पुष्टि गरेको छैन । नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा बनेपामा बम विष्फोट गराएको धेरैले आशंका गरेका छन् । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको धनश्वर आसपासका स्थानीयले बताएका छन् ।


विष्फोट भएको आवाज सुन्ना साथ जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटा विष्फोट भएको भनिएको स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्फोटको आवाज आएको तर बम नै पड्केको हो भन्ने प्रमाण फेला परी नसकेको एसपी सापकाटाले बताए । उनको अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ । ट्रकको टायर पड्केको हुन सक्ने सापकोटाको अनुमान छ ।

नेकपा विप्लव समुहले उपत्यका इन्चार्ज माइला लामा लगायतका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा भोलि बागमती, नारायणी र जनकपुर बन्दको आव्हान गरेको छ । सरकारले विप्लव समुहले देशभर वितण्डा मच्चाउको निष्कर्ष निकाल्दै गत फाल्गुणदेखि ६ सय नेता कार्यकर्ताको गिरफ्तारी गरिसकेको छ ।

प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलबार  १० : ४७ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल