२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा विस्फोटको ठूलो आवाज, एसपी घटनास्थलमा, भोलीको बन्द के होला ?

काभ्रेमा विस्फोटको ठूलो आवाज, एसपी घटनास्थलमा, भोलीको बन्द के होला ?


बनेपा १४ साउन : काभ्रेको मुटु बनेपा नगरपालिकामा आज साँझ चर्को आवाज सहित केही पड्किएको आवाज सुनिएको छ । बनेपामा आएको उक्त आवाजालाई धेरैले बम बिष्फोट भएको अनुमान गरे पनि जिल्ला पहरी कार्यालय काभ्रेले पुष्टि गरेको छैन । नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा बनेपामा बम विष्फोट गराएको धेरैले आशंका गरेका छन् । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको धनश्वर आसपासका स्थानीयले बताएका छन् ।


विष्फोट भएको आवाज सुन्ना साथ जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटा विष्फोट भएको भनिएको स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्फोटको आवाज आएको तर बम नै पड्केको हो भन्ने प्रमाण फेला परी नसकेको एसपी सापकाटाले बताए । उनको अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ । ट्रकको टायर पड्केको हुन सक्ने सापकोटाको अनुमान छ ।

नेकपा विप्लव समुहले उपत्यका इन्चार्ज माइला लामा लगायतका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा भोलि बागमती, नारायणी र जनकपुर बन्दको आव्हान गरेको छ । सरकारले विप्लव समुहले देशभर वितण्डा मच्चाउको निष्कर्ष निकाल्दै गत फाल्गुणदेखि ६ सय नेता कार्यकर्ताको गिरफ्तारी गरिसकेको छ ।

प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलबार  १० : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना