२०८२, ३ माघ शनिबार

आज साउनको दोस्रो सोमबार, शिवको पूजा गर्दा के के फाइदा हुन्छ ?

आज साउनको दोस्रो सोमबार, शिवको पूजा गर्दा के के फाइदा हुन्छ ?


काठमडौँ १३ साउन : आज साउने दोस्रो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । आज बिहानैदेखि काठमाडौँको पशुपति क्षेत्र, लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि घुँईचो लागेको छ ।

यस दिन विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।


यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताउनुभयो ।

बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयवासीले बताएका छन् ।

शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ ।

सोमवारको दिन उपवास बस्दा आशुतोष भगवान् शिवको कृपा प्राप्त हुन्छ । व्रत बसेर शिवजीको पूजन गर्नुहोस् र पूजा गर्दा शिवलिंगमा जल र दूधको धाराले अभिषेक गर्नुहोस् । नभाँचिएको बेलपत्र चढाउन नबिर्सनुहोस् । यसो गर्दा शुभ फल प्राप्त हुन्छ ।

ऊँ नमः शिवाय पञ्चाक्षरी मन्त्र पाठ गरी शिव उपासना गर्दा पनि उनी प्रसन्न हुने धार्मिक विस्वास छ

प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार  १२ : ३८ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको