२०८२, ३ माघ शनिबार

जन्मदिनमा पारिजात र बेलपत्र बृक्षारोपण

जन्मदिनमा पारिजात र बेलपत्र बृक्षारोपण


काठमाण्डौ, १२ साउन: हुन त धेरैले आफु जन्मेको दिन फजुल खर्च गरेर, अनावश्यक ठाउँ घुमेर धेरै खर्च गर्ने गरेको पाइन्छ । तर काभ्रेका एक युवाले भने बृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

युवा संघ नेपालका केन्द्रिय सदस्य भेषराज शाहले आफ्नो ३० औँ जन्मदिनको अवसरमा बनेपा नगरपालिका वडा नम्बर ६ स्थित गोसाइथान वनमा बृक्षरोपण गरे ।

उनले पारिजात, बेलपत्र, एभोकाडो, लप्सी, धूपी लगायत जातका विरुवा रोपेर जन्मदिन मनाएका हुन् । उनको बृक्षरोपण कार्यमा नेकपाका केन्द्रिय सदस्य दिलु पन्त, युवा संघका महासचिव नरेश शाही, युवा संघका केन्द्रिय सदस्य तिर्थ श्रेष्ठ, वाइसिएलका केन्द्रिय सदस्य अभिलाष तामाङ, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका स्वकीय सचिव नितेश पौडेल, बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, जिल्ला तहका अगुवा नेताका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति देखिन्थ्यो ।

कार्यक्रममा सहभागिहरुले शाहको जन्मदिन मनाउने तरिकाको खुलेर प्रशंसा गरे । ‘जन्मदिनको अवसर पारेर बोटविरुवा रोप्नु राम्रो कामको सुरुवात हो, वडाध्यक्ष केसीले भने ‘यस्तै रचनात्मक कार्यमा युवाहरु लाग्ने हो भने मुलुकले छिट्टै काँचुली फेर्ने छ ।’

साथै उनले जन्मदिनको अवसर पारेर नैमिषारम्य गुरुकुलमका बटुकहरुलाई भोजन समेत गराएका थिए ।

प्रकाशित मिति : २०७६, १२ श्रावण आईतबार  ९ : ०२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको