२०८३, २१ भाद्र सोमबार

काभ्रेका दुई जना क्यान्सर पीडितलाई आर्थिक सहयोग

काभ्रेका दुई जना क्यान्सर पीडितलाई आर्थिक सहयोग


काठमाडौं १२ साउन : काभ्रे कल्याणकारी सामाज नेपालले काभ्रेका दुईजना क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

क्यान्सर रोगबाट पीडित काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन कुडारीकी ४ वर्षीय यूनिका तामाङ र बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङबेशीकी ठूलीमाया ताामाङ शनिबार सहयोग हस्तान्तरण गरेको हो ।

समाजले चौरीदेउरालीकी युनिकालाई ६२ हजार चार सय र ठूलीमायालाई ५९ हजार तीन सय रुपियाँ नगद हस्तान्तरण गरेको समाजका अध्यक्ष उर्गेन लामा (थोकर) ले जानकारी दिए ।

काभ्रेबाट रोगजागरीको शिलसिलामा मलेसिया पुगेका युवाहरुको सक्रियातामा बनेको यस संस्थाले यसअघि पनि आर्थिक विपन्नताका कारण उपचार गर्न नसकेका विभिन्न ब्यक्तिलाई सहयोग गर्दै आइरहेको छ ।

यसैबीच काभ्रे कल्याणकारी सामाज नेपालले धुलिखेलमा कार्यालय नै सञ्चालनमा ल्याएको छ । कार्यालयको आइतबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा समाजसेवी शंखबुद्ध लामा, भेषराज साह, हिरामान लामा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६, १२ श्रावण आईतबार  ८ : १३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको