२०८२, २८ चैत्र आईतबार

बाढीपछि तरकारीको मूल्यमा वृद्धि

बाढीपछि तरकारीको मूल्यमा वृद्धि


विराटनगर, ९ साउन : बाढीपछि यहाँ तरकारीको मूल्यमा वृद्धि भएको छ । बजारमा तरकारीको मूल्य एक्कासी बढेपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ । प्रदेश १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । यहाँको गुद्रीलगायत बजारमा तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ । लगातारको वर्षा र बाढीका कारण तरकारी खेती नष्ट भएको छ । विराटनगरस्थित गुद्री बजारका व्यापारी बजरङ्ग गुप्ता बाढीले सखाप पारेपछि आलु र हरियो तरकारीकोे मूल्य निकै बढेको बताउनुहुन्छ ।

“पुरानो आलु भारतबाट ल्याउँछौँ, नयाँ आलु यहीँको उत्पादन हो”, गुप्ताले भन्नुभयो । पुरानो र नयाँ आलुको मूल्यबीच धेरैै फरक छ । अहिले बजारमा पुरानो आलुको मूल्य प्रतिकिलो रु ४० तथा नयाँ आलुको मूल्य प्रतिकिलो रु ६० पर्छ । बाढी अघि पुरानो आलुको मूल्य रु २० र नयाँ आलुको मूल्य रु ४० थियो । बाढीले नष्ट गर्नु अघि गोलभेँडाको मूल्य प्रतिकिलो रु ६० थियो भने अहिले बढेर रु १४० पुगेको छ ।

यस्तै बजारमा भिन्डीको मूल्य प्रतिकिलो रु १०० पर्छ भने यस अघि रु ४५ मा बिक्री हुन्थ्यो । प्याज प्रतिकिलो रु ३० बाट बढेर रु ५० पुगेको छ । गाजर प्रतिकिलो रु १२० बाट बढेर रु २००, मूलाको मूल्य प्रतिकिलो रु ८० बाट बढेर रु १५०, हरियो खुर्सानी प्रतिकिलो रु ८० बाट बढेर रु २०० र बन्दागोभीको मूल्य प्रतिकिलो रु ३० बाट बढेर रु ८० पुगेको छ । रु ८० मा पाइने तितो करेलाको मूल्य प्रतिकिलो रु १२०, प्रतिकिलो रु ४० को घिरौला रु ८०, रु ३० मा खरिद गरिने लौका प्रतिगोटा रु ५०, फर्सिको मुन्टाको मूल्य प्रतिमुठा रु १० बाट बढेर रु ३०, बोडी प्रतिकिलो रु ६० बाट बढेर रु १२०, रु ८० मा पाइने सिमी प्रतिकिलो रु १४०, रु ८० मा पाइने परवल प्रतिकिलो रु १२० तथा रु ६० मा पाइने भन्टा प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ ।

बजारमा सबै तरकारीको मूल्यमा वृद्धि भएको छ । तरकारी व्यापारी शत्रुधन साह बर्सेनी वर्षात्मा तरकारीको मूल्य बढ्ने गरेको बताउनुहुन्छ । “अत्यधिक वर्षा र बाढीले बिक्रीका लागि तयार हुँदै गरेको तरकारी नष्ट गर्छ, त्यसैले मूल्य ह्वात्तै बढ्छ”, उहाँले भन्नुभयो । अन्य ठाउँबाट तरकारी ढुवानी गर्दा मूल्य वृद्धि हुने गरेको साहको भनाइ छ ।

तरकारी खरिद गर्दै गरेकी शर्मिला साह मूल्य बढेकै कारण तरकारी कम खाने गरेको बताउनुहुन्छ । “मूल्य निकै बढेको छ, खरीद गर्न सकिन्न”, उहाँले भन्नुभयो । पन्ध्र दिन अगाडि दैनिक रु १०० को तरकारीले पुग्ने गरेकामा अहिले रु ५०० भन्दा बढी खर्च हुन थालेको उहाँले बताउनुभयो । विराटनगरकी गृहणी नेहा सिंहले व्यापारीले बजारमा तरकारी अभाव रहेको भन्दै वर्षा र बाढीको बहाना बनाएर मूल्य बढाएर उपभोक्तालाई ठग्ने गरेको बताउनुभयो ।

यस्तै विराटनगर महानगरपालिका–१२ की कमला पोखरेलले प्रतिपाउ रु १० मा खरिद गर्ने गरेको तरकारी अहिले रु ४० मा किन्नु परेको बताउनुहुन्छ । “तरकारीको मूल्य वृद्धिले घरखर्च धान्नै गाह्रो भयो”, उहाँ भन्नुहुन्छ, “अब तरकारीबिना खाना खानु पर्ने भयो ।” तरकारी किन्दै गरेकी सुनिता सहनी बजारबाट रित्तो घर फर्किनु परेको बताउनुहुन्छ । विराटनगरको थोक तथा खुद्रा बजारमा यसअघिको तुलनामा तरकारी कमै मात्रामा पाइन्छ । बाटोघाटो बाढीका कारण बन्द हुँदासमेत किसानलाई तरकारी बजारसम्म पु¥याउन समस्या भएको छ । बाढीले नष्ट गर्न बाँकी रहेको तरकारी पनि खेतमै सड्न थालेको छ ।

प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार  ८ : ५१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४