२०८२, २८ चैत्र आईतबार

सूर्यविनायकमा पहिरोले सडक भत्कियो, बस्ती जोखिममा

सूर्यविनायकमा पहिरोले सडक भत्कियो, बस्ती जोखिममा


भक्तपुर ९ साउन : लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिनुभयो । उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिरोले दुई वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताउनुभयो ।

त्यसैगरी वडा नं ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु ७ र ८ भएर घ्याम्पेडाँडा जाने मुख्य कालोपत्र सडक पूरै पहिरोसँगै जाँदा यहाँ जाने यातायातका साधनसमेत एक सातादेखि बन्द भएको छ । घ्याम्पेडाँडा दुई वटा घरमा क्षति पुगेको छ । वडा नं ९ नङ्खेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको छ घर उच्च जोखिममा परेको छ । यहाँको छ घरलाई अन्यत्र बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । वडा नं १० चित्तपोलमा तार जाली दिएर पहिरो रोकथामको प्रयास गरिएको छ भने पाँच वटा घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सबै वडाका अध्यक्षलाई आफ्नो वडामा भएको क्षतिको विवरण सङ्कलन गरेर नगरपालिकामा बुझाउन भनेको बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढी, पहिरोपीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउँदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार  ७ : ३९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४