२०८३, २१ भाद्र सोमबार

बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन?

बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन?


अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ ।

बिहीबार के गर्ने

जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।

–बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो हुन्छ ।
– निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ।
– ब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ ।
– भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ ।
–फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।

के गर्न हुँदैन

धर्मशास्त्र अनुसार, बिहीबार, कपाल नुहाउनु हुँदैन, रौं काट्नु हुँदैन, दारी काट्ने वा नङ काट्नु हुँदैन, त्यस्तै भारी कपडा धुनु पनि हुँदैन ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार, बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने मान्यता छ । रौं काट्दा गुरु ग्रह कमजोर हुने विश्वास गरिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल गर्ने, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।

बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने धर्म शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार  ७ : १८ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ