२०८३, २४ भाद्र बिहीबार

आज बुधबार भगवान गणेशको पूजा गर्नुहोस् धनको कमि हुदैन

आज बुधबार भगवान गणेशको पूजा गर्नुहोस् धनको कमि हुदैन


हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडी भएको भगवान गणेशलाई सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ । बुध ग्रहलाई ज्ञान, बुद्धि, विवेक, आर्थिक सम्पन्नता र व्यापार व्यवसायको प्रतिनिधि ग्रह मान्ने गरिन्छ । बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो । बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। यस दिन भगवान गणेशको पूजा आराधना गर्नु फलदायी मान्ने गरिन्छ।

धेरै भक्तजनहरु बुधबारको दिन भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन। मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो । आज हामी तपाईहरुलाई बुधबार भगवान गणेशको पूजामा आवश्यक सामग्री र पूजा विधि बारे जानकारी दिन जाँदै छौँ ।

१ तपाईको हरेक कार्यहरु सफलतापुर्वक पुरा गर्नका निम्ति यस दिन बिहान नुहाएर चोखो कपडा लगाई नजिकैको गणेश मन्दिरमा विधिवत रुपमा पूजाआजा गर्नुहोस। साथै गणेश भगवानलाई सक्खर सहित अन्य २१ परिकारका मिठाई चढाउनुहोस्।

२ यदि तपाईले गरेको मेहेनत र परिश्रमको कदर भएको छैन वा त्यो अनुसारको प्रतिफल पाउनु भएको छैन भने बुधबार विधिवत रुपमा गणेशजीको पूजाआजा गर्न आवश्यक हुन्छ । कुनै पनि व्यक्तिलाई जीवनमा धनवान बन्ने इच्छा छ भने बुधबारको दिन भगवान गणेशलाई घिउ अर्पण गर्न आवश्यक हुन्छ। यसरी गणेशजीलाई घिउ अर्पण गर्दा उहाँ छिटै प्रसन्न हुने र निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्ने विश्वास छ । पुजामा घिउको कमि भएमा गणेशजी प्रसन्न हुन गार्हो मान्ने र आफ्ना कार्यहरु अपूर्ण रहन सक्ने मान्यता रहेको छ।

३ गणेशजीलाई सकेसम्म मकैँको भोग लगाउँनुस् यसो गर्नोले घरमा अन्न र धनको कहिल्यै कमी हुदैन । पूजाको लागि अखण्डित चामल मात्र चढाउने गर्नुपर्छ । अन्यथा भगवान गणेशलाई स्वीकार हुँदैन।

४ बुधबारको दिन मुंगको दाल दान गर्दा जीवनमा आईपरेका सम्पूर्ण दुख९कष्ट नास भएर जानेछ। बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको समेत पूजा आराधना गर्न आवश्यक हुन्छ।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  ६ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको