२०८२, ३ माघ शनिबार

हेटौंडाको खोलामा भारतीय ट्रक डुब्यो, पिप्ले वस्ती जोखिममा

हेटौंडाको खोलामा भारतीय ट्रक डुब्यो, पिप्ले वस्ती जोखिममा


हेटौंडा ८ साउन मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडातर्फ आएको भारतीय ट्रक डुबेको छ । डुबेको ट्रक खोलाले बगाउन नसक्दा मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

हेटौंडा–१७ स्थित कर्रा खोलामा शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कँदै गरेको युपी ५६ टी ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा डुबेको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको हात्तीसुढेमा १० मिटर पहिरो खस्दा पूर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटो अवरुद्ध भएको छ। हेटौंडा–५ पिप्ले मत्यपालन केन्द्रका वरपरका चार पाँच घर डुबानको जोखिममा रहेको प्रहरीले बताएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा, मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ। हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथ बाहेक अन्य राजमार्ग भने सञ्चालनमा छन्।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  १० : ३८ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको