२०८२, ३० श्रावण शुक्रबार

फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !

फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !


काठमाडौं, साउन ६ : सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो।

फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको समाचार कान्तिपुर दैनिकमा छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ७ : ३६ बजे

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता