२०८३, १५ बैशाख बुधबार

चिउरीको ‘लालपुर्जा’ – निल्नु न ओकल्नू!

चिउरीको ‘लालपुर्जा’ – निल्नु न ओकल्नू!


हेटौंडा, साउन ६ :  जग्गाको जस्तै रूखको पनि लालपुर्जा हुन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर, मकवानपुर जिल्लाका दुर्गम क्षेत्रमा रहेका चेपाङ समुदायसँग जमिनको लालपुर्जा नभए पनि चिउरी रुखको लालपुर्जा छ। चिउरीका बोटहरु भएका केटासँग छोरी विवाह हुँदा दाइजो दिने तथा भान्जाभान्जी र चेलीहरुलाई टीका लगाएर चिउरीको बोट दिने चलन चेपाङ समुदायमा रहेको छ।

यस्तो चलनलाई बढावा दिँदै चेपाङ समुदायको आर्थिक स्तर बढाउन र जंगल जोगाउन तत्कालीन जिल्ला वन कार्यालय, मकवानपुरले चेपाङको नाउँमा संरक्षित वनको प्रमाणपत्र प्रदान गरेको थियो। तत्कालीन श्री ५ को सरकार लेखिएको र निशान छाप भएको उक्त प्रमाणपत्रलाई चेपाङहरुले लालपुर्जा भन्ने गरेका छन् भन्ने खबर गाेरखापत्र दैनिकमा छ। तर विसं २०४८ सालदेखि वन कार्यालयले चिउरीको रुखको प्रमाणपत्र वितरण तथा संरक्षण सम्बन्धी काममा ध्यान दिन छाडेपछि चिउरीको लालपुर्जा बेवारिस बनेको थियो।

‘पहिला सरकारले यतिवटा चिउरीको रूख तिम्रो हो भनेर किटान गरेर लालपुर्जा दिन्थ्यो’, सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह राक्सिराङका कार्यालय सचिव वामदेव चेपाङ भन्छन्–‘त्यसो गर्दा चिउरीका रूखहरु आफ्नै जस्तो लाग्थ्यो।’ तर अहिले पाखुरीको भरमा चिउरीको उपभोग हुन थालेको उनले भने। उनका अनुसार आफूले पनि मामाबाट टिका लगाएर ९१ वटा चिउरीका बोट प्राप्त गरेको चेपाङ अगुवा एबम् पूर्व सांसद गोविन्दराम चेपाङको भनाइ रहेको छ।

तत्कालीन सरकारले पञ्चायतकालमै चिउरीको बोटको संरक्षण गर्ने र उपभोग समेत गर्ने गरी विसं २०४३ सालदेखि प्रमाणपत्र दिन थालेको थियो। बहुदल प्राप्त भएपछि विसं २०४८ सालबाट चिउरीको लालपुर्जा वितरण गर्न छाडिएको सांसद गोविन्दरामले स्मरण गरे। ‘यो अबधिमा तत्कालीन काँकडा गाविसमा मात्र तीनसय ५० घरधुरीले चिउरीको लालपुर्जा पाएका थिए’, पूर्व सांसद गोविन्दराम चेपाङ भन्छन्। चिउरीको बोटको प्रमाणपत्र पाउनेहरुमा तामाङ समुदायका मानिसहरु पनि थिए।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ७ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले