२०८२, ३० श्रावण शुक्रबार

तटबन्धले रोकेन नदी कटान

तटबन्धले रोकेन नदी कटान


काठमाडौं, साउन ६ : असार र साउन महिनामा वर्षेनी आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो ।

ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन । नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्से्नि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै आएको छ ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी भने तटबन्ध भत्काएर अनियन्त्रित बहाव मात्रैले डुबान नल्याएको बताउँछन् । उनले अव्यवस्थित सहरीकरण र ढलको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा परेको तर्क गरे । गएको असार महिनाको बाढीले अप्रत्याशित रूपमा डुबान निम्तिएको उनले बताए ।

दवाडीका अनुसार बाग्मती, लालबकैया, कमला, खाँडोको अनियन्त्रित बहावले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको ग्रामीण क्षेत्रमा बढी क्षति पु¥याएको हो । झापा भएर बग्ने कन्काई र कमला नदीले मात्रै २१ स्थानमा कटान गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ७ : ०४ बजे

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता