२०८२, २८ चैत्र आईतबार

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि


काठमाडौं, साउन ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ । इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला, विश्वेश्वरप्रसाद साहलाई नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले १५ लाख रुपियाँ घूससहित शनिबार मात्र पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपियाँ घूस मागेका थिए । घूस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकेदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरूलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ६ : ५६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४