२०८३, १५ बैशाख बुधबार

काभ्रेको नेकपा हाँक्ने जिम्मा गोकुललाई, यस्ताे छ कम्युनिष्टसँग बाँस्कोटाको सम्बन्ध

काभ्रेको नेकपा हाँक्ने जिम्मा गोकुललाई, यस्ताे छ कम्युनिष्टसँग बाँस्कोटाको सम्बन्ध


काठमाण्डौ ५ साउन : काभ्रेमा नेकपा हाक्ने जिम्मा पूर्व एमालेको भागमा परेको छ । त्यसको काँध थापेका छन् गोकुल बाँस्कोटाले ।

पूर्व एमाले हुदाँ देखि नै प्रष्ट र हक्की स्वभावले चिनिने बाँस्कोटालाई नेकपाको सचिवालयले काभ्रे इन्चार्जको जिम्मेवारी दिएको हो ।

अब उनी पूर्व एमालेका मात्रै नेता हुने छैनन्, पूर्व माओवादीलाई समेत सँगै हिडाउने दायित्व उनीमा थपिएको छ ।

एउटै पार्टीभित्र पनि फरक नेता, विचार र सिद्धान्तको पक्षमा बोल्ने, हिड्ने कार्यकर्तालाई टाढाबाटै वाइबाइ गर्ने स्वभावका बाँस्कोटाले आगामी दिनमा दुबै पार्टीका कार्यकर्तालाई कसरी सन्तुलित बनाएर विपक्षी सामु प्रतिस्पर्धामा उतार्लान भन्ने विषय चाँहि महत्वपूर्ण देखिन्छ ।

कम्युनिष्टसँग बाँस्कोटाको सम्बन्ध:

काभ्रेको मण्डन नगरपालिका–४ नयाँगाउँ चैनपुरमा २०२७ सालमा बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट जन्मिएका बास्कोटा ४ दाजु–भाइमध्ये कान्छो हुन् ।

बास्कोटा कक्षा ३ मा पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन भएको थियो । त्यतिबेलै वाम पृष्ठभूमीका गुरुहरुको कुरा सुनेपछि उनमा राजनीतिक चेतना नभए पनि नयाँ कौतुहलता जागृत भएको थियो । माथिल्लो कक्षामा पढ्न अर्को स्कूलमा गएपछि पनि वामपन्थी शिक्षकहरुसँग उनको संगत हुनपुग्यो ।

आफूसहितका पुस्तकालय कमिटीका साथीहरुले रुसी, चिनियाँ र कोरियाली बालकथाहरु अध्ययन गरी कम्युनिस्ट विचारसँग नजिकिएका उनी बेलुकी–बेलुकी गुरुहरुको प्रशिक्षणपछि वामपन्थी आन्दोलनमा होमिएका थिए । उनको गुरुहरुलाई अराष्ट्रिय गतिविधि गरेको भन्ने आरोप लगाएर विद्यालयबाट निकालियो त्यसपछि उनी डेडीथुम्का स्कूलमा पढ्न गए ।

त्यो स्कूल वामपन्थी आन्दोलनको केन्द्रविन्दुमा नै थियो । उनी त्यसअघि नै कक्षा ५ मा अध्ययन गर्दा अनेरास्ववियुमा आवद्ध भइसकेका थिए । तत्कालिन मालेको अनेरास्ववियु एकताको ५ औं को उनी प्रारम्भिक कमिटीको सह–सचिव थिए त्यो बेला ।

डेडिथुम्का गएपछि स्कूल पनि ठूलो र राजनीतिको केन्द्र पनि भएकाले पञ्चायत समर्थकहरु भए पनि त्यहाँ वामपन्थीहरुको निक्कै राम्रो स्थिति थियो । कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल, भानुभक्त थपलिया लगायतका गुरुहरु थिए । बेलुकी संगठन गर्ने, किसाहरुकोमा जाने, नाटक देखाउने जस्ता गतिविधिमा बास्कोटा सक्रिय भए । ठीक त्यही समयमा ४० सालतिर पिस्कर हत्याकाण्ड भयो ।
त्यसको विरोधमा डेडीथुम्कादेखि जुलुसको नेतृत्व गर्दै उनी पाँचखाल चौकीसम्म गएका बास्कोटा त्यसबेलादेखि नै राजनीतिमा चिनिएर लागेका व्यक्ति हुन् ।

त्यतिबेला पुस्तकालय कमिटी, रेडक्रस, अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी वहन गरेका उनी युथलिगको सचिव भएर अग्रजहरुसँग निरन्तर लाग्दै गए । गाउँमा ४३ सालमा जनपक्षीय उमेद्वारलाई सक्रियतापूर्वक सहभागी भएर सघाएका बास्कोटाले विद्यार्थी राजनीतिमा ०४२/४३ देखि अखिलको जिल्ला सदस्य, इलाका कमिटीको अध्यक्ष, जिल्ला कमिटीको सचिव, जिल्लाको अध्यक्ष भएर जिम्मेवारी वहन गरेका थिए ।

पार्टीको भूमिगतकालमा खासगरी वास्कोटा पार्टीको पर्चाहरु ओसार्ने गर्थे । अखिलका केन्द्रीय कमिटी सदस्य, वागमतिको उपाध्यक्ष, एमाले काभ्रेको सदस्य, सचिवालय, उपसचिव सचिव, अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अहिले प्रदेश कमिटी र पार्टीको स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् ।

वास्कोटासँग भूमिगतकालको एउटा रमाइलो घटना छ । अहिलेका जिल्ला समन्वय समितिका सभापति उद्धव के।सी। त्यतिबेला हेलेन शाहको ड्राइभर थिए । ०४६ सालको चैत्र १७ गते महेन्द्रको शालिकमा कालो झण्डा गाड्ने कार्यक्रम थियो । बास्कोटा बनेपामा जुलुस सकेर आएका थिए । त्यहाँ उनी पर्चा लिन गएका थिए । सुनकोशी छापाखानामा पर्चा तयार गरिएको थियो ।

पुलिस दमन भएकाले त्यहाँ पुग्न नसकेपछि घर जलेकाले हेलेन शाहको ड्राइभर आफ्नो काका भएकोले खबर गर्न आएको भनेपछि पुलिसले समाति सकेकोमा पनि छोडीदिएको थियो । त्यसपछि उद्धव केसीले नी अफिसरमा त्यस्तै रिपोर्टिङ गरे । अनि गाडी लिएर जाऊ आगो निभाउन भनेपछि त्यही हेलेन शाहको गाडिमा सुनकोशी छापाखानामा भएको पञ्चायत विरोधी पर्चा लिएर उनी आएका थिए ।

०४४र०४५ देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएका उनले काभ्रे एमालेको नेतृत्व तहमा रहेर लामो समय साङ्गठानिक जीवन विताएका छन् । उनी संघीय प्रतिनिधि सभाको पहिलो निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट देशभरकै दोस्रो लोकप्रिय मत प्राप्त गर्दै नेकपा एमालेबाट सांसद बनेका थिए । डेडीथुम्का स्कूलबाट एसएलसी गरेका उनले मास कम्युनिकेशनमा स्नातकसम्मको अध्ययन रत्नराज्यलक्ष्मी क्याम्पसबाट पूरा गरेका छन् ।

प्रकाश, दृष्टि लगायत वाम निकट पत्रिकाहरुमा रहेर सक्रिय पत्रकारिताको लामो अनुभव संगालेका उनी पछिल्लो समय पत्रकारिताभन्दा पार्टी राजनीतिमा क्रियाशील रहेका थिए ।

काभ्रे क्षेत्र नम्बर २ बाट लोकप्रिय मतका साथ सांसदमा निर्वाचित बाँस्कोटा २०७४ साल चैत्र २ गते सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका हुन ।

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ६ : ३७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले