२०८३, २९ भाद्र मंगलबार

नेकपाले टुंग्यायो ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज

नेकपाले टुंग्यायो ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लाकाे इञ्चार्ज -सह इञ्चार्ज तोकेको छ।

त्यस्तै बैठकले ६ वटा महानगरको पनि इञ्चार्ज -सह इञ्चार्ज तोकेको छ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज-सह इञ्चार्ज तोकेको हाे ।

बैठकले विभाग र आयोगबारे भने कुनै टुंगो नलगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको थियो।

पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन् ।

यही विषयमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पनि छलफल भएको थियो।

स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबेदारी भएपछि यसलाई पार्टी अध्यक्षले नै राखौं भनेर उनीहरूले छलफल सकेको स्रोतले बतायो।

स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ४ : ४४ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल