२०८३, ७ कार्तिक शनिबार

नेकपाले टुंग्यायो ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज

नेकपाले टुंग्यायो ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लाकाे इञ्चार्ज -सह इञ्चार्ज तोकेको छ।

त्यस्तै बैठकले ६ वटा महानगरको पनि इञ्चार्ज -सह इञ्चार्ज तोकेको छ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज-सह इञ्चार्ज तोकेको हाे ।

बैठकले विभाग र आयोगबारे भने कुनै टुंगो नलगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको थियो।

पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन् ।

यही विषयमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पनि छलफल भएको थियो।

स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबेदारी भएपछि यसलाई पार्टी अध्यक्षले नै राखौं भनेर उनीहरूले छलफल सकेको स्रोतले बतायो।

स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ४ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना