२०८३, १५ बैशाख बुधबार

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक


काठमाडाैं, साउन ५ : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो ।

ओलीले पूर्वएमालेका नेताहरुलाई छुट्टाछट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छुट्टै बैठक बसेको हो । ‘पूर्व एमालेको भागमा परेका विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरु कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओलीले सामूहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरुको छुट्टै बैठक बसेको हो ।’ यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ७ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले