२०८३, १९ आश्विन मंगलबार

जागिरको प्रलोभनमा मानव तस्करी, क्याम्बोडिया ६ नेपाली अलपत्र

जागिरको प्रलोभनमा मानव तस्करी, क्याम्बोडिया ६ नेपाली अलपत्र


काठमाडौं, साउन ४ : दमौली वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन् । उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्। प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए।

गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए। राम्रो रोजगारीको अवसरमा रहेका जंगबहादुरसँग चिनजानमा रहेका धनबहादुरले राम्रो अफर रहेको भनेर फोन गरेपछि उनले गाउँका अरू युवालाई पनि लिएर कम्बोडिया उड्ने तयारी गरेको बताए।

कम्बोडिया मा व्यवसाय सञ्चालन गरिरहेकी व्यास १४ की रजनी थापाको आ श्रयमा रहेका जंगबहादुरले अन्नपूर्णसँगको अनलाइन कुराकानीमा धनबहादुरबाट निरन्तर फोन आएपछि गाउँका युवालाई लिएर आफू पनि कम्बोडिया गएको बताए। ‘क्यासिनोमा आठजना चाहिएको छ, मासिक नौ सय डलर तलब हुन्छ भनेका थिए’, उनले भने। राम्रो कामको खबर पाएपछि काभ्रेका विनोद पनि उनीहरूको समूहमा मिसिएका थिए।

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ६ : ५२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि