२०८२, ३० श्रावण शुक्रबार

जागिरको प्रलोभनमा मानव तस्करी, क्याम्बोडिया ६ नेपाली अलपत्र

जागिरको प्रलोभनमा मानव तस्करी, क्याम्बोडिया ६ नेपाली अलपत्र


काठमाडौं, साउन ४ : दमौली वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन् । उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्। प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए।

गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए। राम्रो रोजगारीको अवसरमा रहेका जंगबहादुरसँग चिनजानमा रहेका धनबहादुरले राम्रो अफर रहेको भनेर फोन गरेपछि उनले गाउँका अरू युवालाई पनि लिएर कम्बोडिया उड्ने तयारी गरेको बताए।

कम्बोडिया मा व्यवसाय सञ्चालन गरिरहेकी व्यास १४ की रजनी थापाको आ श्रयमा रहेका जंगबहादुरले अन्नपूर्णसँगको अनलाइन कुराकानीमा धनबहादुरबाट निरन्तर फोन आएपछि गाउँका युवालाई लिएर आफू पनि कम्बोडिया गएको बताए। ‘क्यासिनोमा आठजना चाहिएको छ, मासिक नौ सय डलर तलब हुन्छ भनेका थिए’, उनले भने। राम्रो कामको खबर पाएपछि काभ्रेका विनोद पनि उनीहरूको समूहमा मिसिएका थिए।

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ६ : ५२ बजे

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता