२०८२, २७ कार्तिक बिहीबार

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही


काठमाडौँ, ३ साउन : सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो ।

किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही रु पाँच÷पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ रु २० हजार जरिवाना गरेको छ ।

खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही रु १०÷१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए । तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । “विभागको टोली समग्र बजारको अनुगमन गर्ने उद्देश्यले गएको थियो, ढुवानीकर्ता तथा बिचौलियाले नाफा खाएर व्यापारीलाई दिने गरेका रहेछन्”, उहाँले भन्नुभयो, “अनुगमन टोली ४ बजे बजारमा पुग्दा ढुवानीकर्ता र बिचौलिया राति १÷२ बजे नै फर्कने रहेछन् । अर्को चरणको अुनगमनका क्रममा अझ उन्नत ढङ्गबाट जानेछौँ ।”

केही ढुवानीकर्ताले नै बिचौलियाको भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । कृषि उपज सङ्कलन केन्द्रबाट ल्याउने ढुवानीकर्ताले नै अस्वभाविक मूल्य राखेर व्यापारीलाई दिने गरेका छन् । विभागले चुस्त दुरुस्त व्यवस्थापन गर्न नसकेको र बिचौलियालाई नियन्त्रणमा लिन नसकेको भन्दै कालिमाटी र बल्खुस्थित तरकारी बजारका व्यवस्थापन पक्षलाई पनि छलफलका लागि आउन निर्देशन दिएको छ । अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलविजक जारी गर्न सम्पूर्ण व्यापारीलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा तरकारी बजार सुधार गर्न सरकारले विगतमा दिएको निर्देशन र चालेका कदम प्रभावकारी नदेखिएको पाइएको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनगुनासो आएसँगै विभागले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको हो । विभागका निरीक्षण अधिकृतको नेतृत्वमा दुई वटा टोली कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमनका लागि पुगेको थियो । विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ ।

गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो ।विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ । बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका थिए । रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ६ : २४ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज