२०८३, ३० भाद्र बुधबार

‘घर त माटोमा मिलिसकेछ…’

‘घर त माटोमा मिलिसकेछ…’


काठमाडौँ, साउन ३: सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा पर्नुभयो काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।

यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आप्mनै पसलमा व्यस्त हुनुहुन्थ्यो । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उहाँलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ । सविनले बेलीविस्तार लगाउँदै भन्नुभयो– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’

उहाँले भावुक हुँदै भन्नुभयो–‘सबैले खुशीका साथ संक्रान्ति मनाए तर मेरा लागि अत्यन्तै दुःखको दिन बन्यो यो संक्रान्ति । यसै दिन झण्डै ज्यान गएको यो दोस्रोपटक हो । केही बर्षअघि साउने संक्रान्तिकै दिन ससुराली जाँदा बस पल्टँदा झण्डै मरेको थिएँ । घटना भएको जानकारी पाउनासाथ छरछिमेकी, आफन्त, सुरक्षाकर्मी, पत्रकार, स्थानिय जनप्रतिनिधि, इन्जिनियर हरेराम हुमागाई, योजना शाखा प्रमुख श्रीबिक्रम ब्याजु लगायतको टोली त्यहाँ पुगेको थियो ।

११ नं वडाका अध्यक्ष बिष्णु काभ्रेलीको पहलमा नेपाली सेनासहितको उद्धार टोलीले सविनको घरमा रहेका महत्वपूर्ण बस्तु बाहिर निकालेको थियो । उहाँको घरमा लत्ताकपडा, गरगहना, नगद तथा खाद्यन्न, ३ सय वटा कुखुरा पुरिएका थिए । त्यहाँ २५ लाखभन्दा बढी क्षति भएको धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

सविनको घरको भित्तामा रहेको विपि राजमार्ग सडकको पानीको निकास बन्द भएको थियो । विभागले समयमै ध्यान नदिएकाले जथाभावी पानी बग्दा यस्तो स्थिति आएको पीडित सविनले बताउँदै भन्नुभयो– यो निकास पहिला नै निकालेको भए म यति ठूलो जोखिममा पर्ने थिइन् । गाउँमा निकै मेहनती र सहयोगीका रूपमा चिनिदैँ आउनुभएका सविनले गत असोजमा मात्रै बिपी राजमार्ग छेउमा उक्त पक्की घर बनाउनुभएको थियो । यस्तै बर्षाद्का कारण धुनपा वडा नं ७ हुर्खा मार्गस्थित चुडामणी पराजुलीको घर पनि जोखिममा परेको वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जुले स्थलगत निरिक्षणपछि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ७ : ४० बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला