२०८३, २१ भाद्र सोमबार

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


काठमाडौँ, २ साउन: काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् ।

उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५.८४ ग्राम र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०.४० ग्राम बरामद भएको छ । काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ७ : ०७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको