२०८२, ८ पुस मंगलबार

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा


काठमाडौँ, २ साउन : न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिश गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै सो न्यायाधीशहरुको सरुवाका लागि सिफारिश गरेको हो । न्याय परिषद्को सिफारिशमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ ।

विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्य तोक्न परामर्श दिने
न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्यहरु तोक्नका लागि परामर्श दिने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई तोक्न परामर्श गर्ने निर्णय गरेको हो ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी, सदस्यहरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती रहनुभएको छ ।

त्यसैगरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश डा रवि शर्मा अर्याललाई तोक्न परामर्श दिने निर्णय गरेको हो । विशेष अदालतमा अहिले अध्यक्ष र दुई सदस्य गरी तीन जना मात्र न्यायाधीश हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ६ : ३२ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ