२०८३, १० भाद्र बिहीबार

काभ्रेको आलु विषादीरहित

काभ्रेको आलु विषादीरहित


काभ्रे, १ साउन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ ।

आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौँस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको बताउनुभयो ।

“३५ प्रतिशतसम्मको आलु खाना मिल्ने हुन्छ, त्यो भन्दा माथि ४५ प्रतिशतसम्मको लागि केही दिन पर्खेर मात्रै खान मिल्ने अवस्था रहेकामा यहाँ उत्पादन भएका आलुमा विषादी नै छैन भन्ने प्रमाण द्रुत विषादी विश्लेषया केन्द्रले गरेको परीक्षणबाट पुष्टि गरेको छ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

यसअघि काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलु र अन्य तरकारीमा बढी विषादी भएको हल्ला चलाएका कारण उत्पादन गरेको तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थियो । तर परीक्षणका क्रममा जिल्लामा उत्पादित आलुमा विषादी नभएको देखाएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ९ : ४४ बजे

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको