२०८३, ११ बैशाख शनिबार

काभ्रेमा आलु चिप्स उद्योग सञ्चालनमा

काभ्रेमा आलु चिप्स उद्योग सञ्चालनमा


काभ्रे, १ साउन : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो ।

“मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भन्नुभयो, “त्यसमा आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा रु १५ लाख र बाँकी आफैँले खरीद गरेको छु ।” त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो । चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताउनुभयो । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उहाँको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने भएकाले अब किसानले आलु बिक्री भएन भन्ने चिन्ता गर्नु नपर्ने दाहालले बताउनुभयो ।

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । वर्षको रु ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको सो उद्योग आलु सुपरजोन काभ्रेपलाञ्चोकको सञ्चालक समिति अध्यक्ष हरिराम खतिवडाले उद्घाटन गर्नुभएको हो । किसानले नै सञ्चालन गरेको उद्योगलाई ५० प्रतिशत अनुदान औजार खरीदमा सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले त्यससँगै जिल्लामा यस आर्थिक वर्षमा बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकामा गरी दुई रष्टिक स्टोर, भकारो सुधार र एक आलु चिप्स उद्योगमा सहयोग गरेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ९ : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले