२०८३, १० भाद्र बिहीबार

बाढीको वितण्डा : पशुसँगै सुत्छन् बाढीपीडित

बाढीको वितण्डा : पशुसँगै सुत्छन् बाढीपीडित


काठमाडौं असार : रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् ।

यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् ।

पीडितहरु विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या परेको छ । बालबालिकालाई पनि पीडा छ । त्यसमा पनि गाईवस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने क्रास बढ्दो छ । विस्थापितको वासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ३१ असार मंगलबार  ७ : २७ बजे

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका