२०८२, २४ कार्तिक सोमबार

बाढीले बगाउँदा दुई जनाको मृत्यु

बाढीले बगाउँदा दुई जनाको मृत्यु


जनकपुरधाम, २८ असार : बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर गाउँपालिका–१ का डेढ वर्षीय विकी यादव रहेका छन् । बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सिरहा कल्याणपुर नगरपालिका–४ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव, महोत्तरी बलवा नगरपालिका–२ बर्दियाका ७० वर्षीय हमिद मियाँ, रौतहट गढिमाई नगरपालिका–६ धरमपुरका ५० वर्षीय आनन्द देवी र पर्साको वीरगञ्ज महानगरपालिका– १३ का १४ वर्षीय अनुप पटेल छन् । यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : ५८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य