२०८३, ११ बैशाख शनिबार

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध


काभ्रेपलाञ्चोक, २८ असार : दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो । राजमार्गको काभ्रेपलाञ्चोकतर्फ सात स्थानको पहिरोमध्ये पाँच स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण सडक अवरुद्ध बनेको छ ।

नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा पशुपति रोडा ढुङ्गा क्रसर तथा खानीको सहायक मार्ग (एक्सेस् रोड)बाट बिहीबार राति पहिरो खस्दा १ नं पुलमा अवरोध भयो । नमोबुद्ध नपा–५ लाष्कोटमा पशुपति तथा मनकोमना एग्रीगेट (क्रसर, रोडा ढुङ्गा खानी)बाट बिहीबार रातिदेखि हिलो र पहिरो कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

रोशी गाउँपालिका–८ दिप्सामा नाङ्शाल रोडा–ढुङ्गा खानीको लेदोले राजमार्ग छेकेको छ भने सोही गाउँपालिका–८ नार्केस्थित गौरीशङ्कर क्रसर, रोडा–ढुङ्गा खानीको राजमार्गमाथिको सहायक मार्गका कारण सडक भत्किएर अवरुद्ध भएको छ । रोशी गाउँपालिका–८ मङ्गलटार र नार्केको पहिराले बिपी राजमार्ग अवरुद्ध बनाएको थियो ।

ई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ कालढुङ्गास्थित भ्याकुरे खोलामा शनिबार डोजरको सहायताले बाइक र अलपत्र यात्रु तार्दै । पुलबाट अन्डरपास नहुँदा बाढी पुलमाथि बहेको छ । तस्वीर : राजकुमार पराजुली

राजमार्गको अन्य केही स्थान समेतका साना पहिराले दुई दिनदेखि अवरुद्ध राजमार्ग आज काभ्रेपलाञ्चोकतर्फ एकतर्फीरुपमा खुलाइएको छ । रोशी गाउँपालिकाकै कालढुङ्गास्थित भ्याकुरे खोला र माम्ती खोलाको बहाव बढेर पुलमाथिबाट बग्दा साना सवारी आज अपराह्नसम्म रोकिए ।

क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योग सङ्घका जिल्लाध्यक्ष एवं पशुपति रोडा–ढुङ्गा उद्योगका सञ्चालक भरत घिमिरेले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको स्वीकार्नुभएको छ । “हाम्रो पनि केही गल्ती भएको हो, गल्ती सुधार्ने प्रण गर्दै राजमार्ग खुलाउन सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजना प्रमुख सूर्यनाथ भाटले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुका एक्सेस् रोडका कारण पहिरो र लेदो जम्न गई अधिकांश स्थानमा सडक अवरुद्ध बन्यो, उनीहरुका सहायक मार्गविना इजाजतका हुन् ।”

दुई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अबरुद्ध भएपछि शनिबार सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फ आउँदै पैदलयात्री । तस्वीर : राजकुमार पराजुली

भाटका अनुसार क्रसर तथा रोडा–ढुङ्गा खानीले आफ्नो सहायक मार्ग बनाउँदा सडक आयोजनासँग स्वीकृति लिनुपर्छ । उहाँले बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड)अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको १४ स्थानमा पहिरो गएको र खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । “आइतबारसम्ममा बिपी राजमार्ग पूर्णतः खुलाउने गरी काम भइरहेको छ, पहिरो पन्छाउन मेसिनको भाडा तिर्न नसके पनि फ्यूल हालिदिएका छौँ”, भाटले भन्नुभयो ।

जिल्लास्थित प्रहरी, स्थानीय तह र कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजनाको पहलमा नौ वटा स्काभेटर र डोजरले पहिरो पन्छाएर आज राजमार्गको काभ्रेपलाञ्चोकतर्फको सडक खुलाइएको हो । बिहीबारको वर्षाले अवरुद्ध सडक शुक्रबार प्रहरीले खुलाए पनि केही स्थानमा पुनःआज राति पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।

पुरिएको कार निकालियो
बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ मङ्गलटारस्थित सडकमा खहरे खोलाको बाढीले पुरेको एउटा कार आज निकालिएको छ ।

विरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गोउँपालिका–९ मङगलटारमा पुरिएको कार शनिबार निकालिँदै । शुक्रबार काठमाडौंबाट धरानतर्फ जान लागेको उक्त कार बिहान सडकमा पसेपछि सोही स्थानमा छोडदा खहरेखोलाको बाढीले पुरेको थियो । तस्वीर : राजकुमार पराजुली

परिवारसहित काठमाडौँबाट धरानतर्फ लाग्नुभएका चन्दन श्रेष्ठको कार शुक्रबार बिहान सडकमा फसेको र निकाल्न नसक्दा सोही स्थानमा छोडेका कारण आज रातिको बाढीले पुरेको थियो । अवरुद्ध राजमार्ग खुलाउन प्रयोग भएका स्काभेटरले पुरिएको बा१६च ३५४९ नम्बरको श्रेष्ठको कार क्षतिग्रस्त अवस्थामा निकालिएको हो ।रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले