काठमाडौं, २४ असार : आर्थिक संकटमा गुज्रिरहेको नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मा विदेशीलाई दिइने भएको छ। त्यसका लागि निगमै पूर्वनायब प्रबन्ध निर्देशक राजुबहादुर केसीको संयोजकत्वमा समिति बनाइएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ।
समितिले व्यवस्थापन करारको आशयपत्र बनाउने कार्यादेश पाएको छ। समितिमा निगमकै कर्पोरेट, फाइनान्स, कमसर््ियल विभागका प्रमुख र एक प्राविकधिक सदस्य छन्। दुईटा वाइड बडीको २४ अर्ब र पुरानोसमेत गर्दा ३७ अर्ब ऋणको किस्ता तिर्न नसकेर निगम संकटमा छ। निगमका अध्यक्ष मदन खरेलले विदेशी व्यवस्थापनबाट निगमको आर्थिक अवस्था सुदृढ हुने अपेशक्षा राखे। ‘
नेपाल बैंक र वाणिज्य बैंक विदेशी व्यवस्थापनले सुधारेका हुन’, उनले भने, ‘निगममा पनि किन नहेर्ने?’ समितिले १० दिनभित्र आशयपत्र बनाएपछि बोर्डले छलफल गर्नेछ। त्यसलाई सरकारले पनि अनुमति दिए तीनदेखि साढे तीन महिनामा विदेशी व्यवस्थापन ल्याउन सकिने खरेलको भनाइ छ।








प्रतिक्रिया