२०८३, ८ कार्तिक आईतबार

त्रिभुवन विश्वविद्यालयमा विकृति : घूस लिँदै प्रमाणपत्र दिँदै

त्रिभुवन विश्वविद्यालयमा विकृति : घूस लिँदै प्रमाणपत्र दिँदै


काठमाडौं, २४ असार : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई घूस लिएर उत्तीर्ण भएको प्रमाणपत्र दिएको पाइएको छ। घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको समाचार कान्तिपुर दैनिकमा छ।

उनीसहित भक्तपुर क्याम्पस दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परिक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ। कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थप्न लगाएर प्रमाणपत्र लिएका थिए। उनी अधिवक्ता पनि हुन्। परीक्षाको परिणाम फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच चार लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको छ। कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन्।

उनको स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो। ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने ृद्देश्यले अरु परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो’, अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ६ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना