२०८१, ६ चैत्र बिहीबार

काभ्रेको ज्याम्दी जाने सडक : फराकिलो र पक्की (फोटो फिचर)

काभ्रेको ज्याम्दी जाने सडक : फराकिलो र पक्की (फोटो फिचर)


धुलिखेल असार : २३ काभ्रेको भूम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दी जाने सडक फराकिलो भएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा ५० किलो देखि पिंगला, रामपुर हुदैँ कोलाचौरसम्म सडक फराकिलो बनाइएको हो ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ (ख) का सासंद लक्ष्मण लम्सालको पहलमा ५० लाख आर्थिक सहयोगमा उक्त सडक निर्माण गरिएको ५० किलो–ज्याम्दी–रामपुर मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष हिरा लामाले जानकारी दिए ।

१० किलो मिटर मध्ये पिंगोलासम्मको सडक खण्ड भने ग्राबेल गरिएको छ । ग्याविन वाल र नालीको समेत ब्यवस्था भएकाले सडक बर्खामा पनि चल्ने स्थानीय स्थानीय शिक्षक राम कुमार ठकुरीले बताए । ‘पहिरो जानसक्ने ठाउँमा ग्याविन वाल लगाएका छौँ, उनले भने ‘बर्खामा पनि यहाँ उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज हुनेछ ।’

यस अघि साँघुरो सडक र ग्राबेल नहुदाँ बर्खाको समयमा स्थानीयहरुले निकै सास्ती खेप्दै आउनु परेको थियो । राम्रो सडक नभएकै कारण ज्याम्दी, रामपुर लगायतका भेगका कृषकले उत्पादन गरेका दूध, तरकारी बजार पुर्याउन समस्या झेल्दै आइरहेका थिए ।

सडक फराकिलो बनाउने काम सकिएपछि प्रदेश सांसद लक्ष्मण लम्सालको नेतृत्वमा मण्डनदेउपुर नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रण राज न्यौपाने, लेखा अधिकृत बालकृष्ण दाहाल, नगरप्रमूख टोक बहादुर वाइबाका स्वकीय सचिव गणेश पराजुली, इन्जिनियर हरि ढकाल लगायत अनुगमनमा पुगेका थिए ।

अनुगमन गर्न पुगेका सांसद लम्सालले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारबाट प्राप्त रकमले गरिएको काम मध्ये यो सडक सबैभन्दा राम्रो भएको भन्दै उपभोक्ता समितिको प्रसंशा गरे । ‘उभोक्ता समिति मार्फत काम गर्नु फाइदा भनेकै सबै जनताको सहभागिता हुनु हो, उनले भने यो पटकको बजेटले जति काम भयो, त्यो असाध्यै सर्हनीय छ ।’

उनले बाँकी काम सकाउन आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
प्रमूख प्रशासकीय अधिकृत न्यौपानेले नाली समेत ब्यवस्थित गराउन उपभोक्ता समितिलाई आग्रह गरे । साथै उनले समयमै काम सकाएर योजनाको फरफारक गर्न पनि समितिलाई अनुरोध गरे ।

प्रकाशित मिति : २०७६, २३ असार सोमबार  ९ : २६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक